अमेरिकामा पीपीइ नपाएपछि फोहर फाल्ने प्लास्टिक लगाएर उपचार गर्दा नर्सको मृत्यु

डिसी नेपाल
१४ चैत २०७६ १०:२०

काठमाडौं। नेपालमा कोरोनाभाइरसको उपचारमा संलग्न स्वास्थ्यकर्मीले पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीइ) नपाएको गुनासो भइरहेका बेला विश्वकै शक्तिशाली र विकसित मानिने देश अमेरिकामा समेत पीपीइ नपाएका कारण नर्सले ज्यान गुमाउनुपरेको घटना सार्वजनिक भएको छ । न्यूयोर्ककको म्यानहट्टनस्थित अस्पतालमा स्वास्थ्यकर्मीले पीपीइ नपाएपछि फोहर फाल्न प्रयोग गरिने प्लाष्टिकलाई नै सुरक्षाको लागि लगाएका थिए । यही कारण आफ्ना एक सहकर्मीले ज्यान गुमाउनुपरेको यहाँका स्वास्थ्यकर्मीले दावी गरेका छन् ।

न्यूयोर्क पोस्टका अनुसार यहाँको माउन्ट सिनाइ वेस्टका नर्सहरुको एउटा फोटो सामाजिक संजालमा शेयर गरिएको छ जसमा ३ नर्सहरु फोहर फाल्ने प्लास्टिक लगाएका देखिएका छन् । तीन जनामध्ये एकको हातमा ‘स्ट्रङ्ग’ ब्राण्डको ३३ ग्यालोन फोहर फाल्ने प्लाटिकको बक्स समेत छ । ‘पूरै अस्पतालमा कुनै गाउन बाँकी छैन’ फोटोको क्याप्सनमा लेखिएको छ ‘मास्क पनि बाँकी छेन र फाल्नुपर्नेलाई पुनः प्रयोग गरिरहेका छौं ।’

यहाँको कोलम्बस सर्कल नजिकैको अस्पतालका स्वास्थ्यकर्मीले बुधबार आफ्ना असिस्टेन्ट नर्सिङ म्यानेजर किअस केलीको मृत्यु आधारभूत सुरक्षा सामग्रीको अभावका कारण भएको बताएका छन् । उनमा २ हप्ता अगाडि संक्रमण पोजेटिभ देखिएको थियो । ४८ वर्षका केली माउन्ट सिनाइको फ्ल्यागशिप अस्पतालमा मार्च १७ मा भर्ना भएका थिए र उनको मंगलबार राती मृत्यु भयो । ‘किअस यस्तो मृत्युको हकदार थिएनन्’ एक नर्सले भनिन् ‘अस्पतालले जिम्मेवारी लिनुपर्छ । अस्पतालले उनलाई मार्यो ।’

अर्की एक नर्सका अनुसार यहाँ अत्यावश्यक सामग्रीको अभाव १ वर्ष अघिदेखि नै थियो । ‘यस क्रममा हामीले हाम्रा सामग्री लुकाउनुपर्थ्यो र सामग्री खोज्दै अरु युनिटमा जानुपर्थ्यो किनकि सप्लाइ रुपममा पनि प्रायः केही हुँदैनथ्यो ।’ अहिलेसम्म यसरी काम चलिरहेको भए पनि कोरोनाभाइरस संक्रमण सुरु भएपछि संकट भएको उनले बताइन् । नर्सका अनुसार उनीहरु संक्रमित र संक्रमित नभएका बिरामीका बीचमा जाँदा एउटै पीपीइ प्रयोग गरिरहेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *