अलपत्र परेका जर्मनी नागरिक लिन कतार एयरवेजको चार्टड विमान काठमाडौंमा
काठमाडौं। जर्मनले आफ्ना नागरिक लैजान कतार एयरलाइन्स पठाएको छ। अहिले विहान ल्याण्ड भएको सो एयरलाइन्समा ३२५ जना जर्मन नागरिकहरु जाँदैछन्।
नेपालमा पर्यटकका रुपमा आएका जर्मन नागरिकहर अलपत्र परेपछि उनीहरुलाई लिन जर्मन सरकारले कतार एयरलाइन्सको चार्टड विमान पठाएको हो।
नेपाल सरकारले अलपत्र परेका विदेशी नागरिकलाई विभिन्न स्थानबाट उद्धार गरेर काठमाडौं ल्याएपछि उनीहरुलाई स्वदेश फिर्ता पठाउन लागिएको हो।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल संयोजकत्वमा रहेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिले नेपालमा अलपत्र परेका विदेशी नागरिकलाई पठाउने निर्णय गरेको थियो।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment