युट्युबले भिडियोको क्वालिटी घटायो

डिसी नेपाल
१४ चैत २०७६ १४:३२

काठमाडौं। युट्युबले आफ्नो भिडियोको गुणस्तर घटाएको छ । यसअघि युट्युब भिडियोहरु पूर्वनिर्धारित रुपमा प्ले हुँदा एचडी गुणस्तरमा प्ले हुन्थे । अब भने युट्युले यो गुणस्तर घटाएर स्टान्डर्ड बनाएको छ । स्टान्डर्ड एचडीभन्दा एक तह कम गुणस्तर हो । यही साता मगंलबारदेखि भिडियो गुणस्तर परिवर्तन गरिएको हो ।

संसारका अधिका.श मानिसहरु लकडाउनका कारण घरमै बसेका बेला इन्टरनेटको प्रयोग बढी हुने र तुलनात्मक रुपमा इन्टरनेट स्लो हुने भएकोले इन्टरनेटको कम स्पिड लिने गरी गुणस्तर घटाइएको युट्युबले जनाएको छ । यद्यपि प्रयोगकर्ताले चाहेमा आफैंले गुणस्तर बढाउन भने सक्नेछन् । तत्काललाई ३० दिनसम्म लागू हुने गरी गुणस्तर घटाइएको हो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *