स्पेनमा चार जना नेपाली कोरोना संक्रमित, स्पेन सरकारलाई दुतावासको अपील (अडियो सहित)

डिसी नेपाल
१४ चैत २०७६ १८:१६

जर्मनी । स्पेनमा चार जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्याटालोनिया क्षेत्रमा बसोबास गर्दै आएका उनीहरुको छुट्टाछुट्टै अस्पतालमा उपचार भइरहेको छ ।

४ जना संक्रमित मध्ये बार्सिलोना निवासी एक जना करिब ५० बर्षीय नेपाली गत सोमबारदेखि आईसीयूमा उपचार गराइरहेका छन् भने तीन जनाको अवस्था सामान्य रहेको स्पेनस्थित नेपाली राजदुतावासका प्रथम सचिव हरिहर कान्त पौडेलले बताएका छन् ।

पाँचजनामा कोरोनाको संक्रमण भएको भनिएपनि चार जनाको चाहिं पुष्टि भएको र एक जनाको अवस्थाको बारेमा दुतावासमा अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको पौडेलको भनाइ छ । उनले कोरोनाबाट आउन सक्ने समस्याका लागि जुध्न एक समिति बनाउने दुतावासको तयारी रहेको समेत बताए ।

संक्रमित भएका अन्य केहीमा पोजिटिभ संक्रमण भएतापनि अवस्था सामान्य देखिएपछि चिकित्सकहरुले घरमै क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् । अहिले संक्रमित र तिनका परिवार र उनीहरुसँग सम्पर्कमा रहेकाका सबैको अस्पतालले स्वास्थ्य परीक्षण गरिरहेको छ । नेपाली संक्रमितहरुको सम्पूर्ण अवस्थाको बारेमा स्पेनी सरकारसँग थप जानकारी मागिएको स्पेनी सरकारसँग दूतावासबाट खोज्ने प्रयास भइरहेको पौडेलले बताए ।

स्पेनमा झण्डै १० हजार नेपालीहरु छन् । क्याटालोनिया क्षेत्रमा ३ देखि ४ हजारसम्म नेपालीहरु बस्दै आएको अनुमान छ । गत १४ मार्चदेखि पुरै देश लकडाउन गरेपनि स्पेनमा कोरोनाको महामारी अझै नियन्त्रण हुन सकेको छैन । कोरोना परिक्षण विधि पुरानै भएकाले चिनबाट नयाँ परिक्षण किट ल्याइएको थियो । तर त्यसले ३० प्रतिशत पनि काम नगरेपछि फिर्ता पठाइने भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *