कोरोना संक्रमण : चीनले स्पेनलाई कसरी सहयोग गरिरहेको छ ?

डिसी नेपाल
१४ चैत २०७६ २०:२०

बेइजिंग (बीबीसी) । स्पेनमा कोरोना भाइरसका कारण अवस्था खराब भइरहेको छ। त्यहाँ कोरोनाका कारण मर्नेहरुको संख्या ४ हजारभन्दा मथि पुगेको छ। यसका साथै मृतकको संख्याका हिसाबले स्पेनले चीनलाई उछिनेको छ। स्पेन अब मृत्यु हुनेको संख्याका हिसाबले दोस्रो स्थानमा पुगेको छ। पहिलो स्थानमा इटाली छ।

स्पेनमा ५७ हजारभन्दा धेरै मानिसहरु कोरोना भाइरस संक्रमित भएको छ। सबैभन्दा धेरैै प्रभावित राजधानी म्याड्रिड भएको छ। तर, उत्तर पूर्वी भागस्थित क्याटेलोनियामा केस तिब्ररुपमा बढेका छन्। सरकरका अनुसार स्पेनका प्रधानमन्त्री पनि कोरोना भाइरसको चपेटा परेका छन्।

स्पेन कोरोना संकटसँग जुध्न संघर्ष गरिरहेको छ। अवस्था नियन्त्रणमा लिने प्रयास स्वरुप सेना परिचालन गरिएको छ। अवस्था यति खराब छ की केही स्थानमा बुढापाका मनिसहरुको हेरचाहका लागि कोही पनि नभएको सेनाले फेला पारेको छ। केही बुढा मानिसहरु आफ्नै ओछ्यानमा मृत फेला परेका छन्।

यी घटनाले देखाउँछ, स्पेनको अस्वस्था कति खराब छ। त्यहाँको सरकार यो समस्यासँग जुध्न प्रयास गरिरहेको छ। अब चीनले स्पेनलाई सहयोग गर्न हात अगाडि बढाएको छ। चीनले आफ्नो मुलुकमा कोरोना भाइरसको प्रकोपलाई नियन्त्रणा गरेको दावी गरेको छ र अब अन्य मुलुकहरुलाई सहयोग गर्ने बताएको छ। चीन सरकारले ८२ देशहरुमा स्प्लाई किट दिने घोषणा गरेको छ।

मिशन चाइन ट ईयूका अनुसार चीनका राष्ट्रपति शी जिनपिंगले स्पेनका राजा फिलिप छैटौंलाई ईमेल गरेर चीन स्पेनसँग आफ्नो अनुभव र चिकित्सकीय समाधान आदानप्रदान गर्न तयार रहेको बताएका छन्। उनले स्पेनको सहयोगका लाग चीनले सक्दो गर्ने बचनसमेत दिएको बताइएको छ। साथै शीले मिलेर यो समस्यासँग लड्न सकिने बताएका छन्।

राष्ट्रपति शीले स्पेनका प्रधानन्त्री पेद्रो सान्चेजसँग मंगलबार फोन वार्ता गरेर चीनले सक्दो सहयोग गर्ने बताएका थिए। शीले पूरा देशको मेहनत, सावधानी र नियन्त्रणका लागि चालिएका कदमले चीनमा सकारात्मक नतिजाा आएको भन्दै चीन सबैभन्दा मुस्किल संकटबाट बाहिर आएको बताएका थिए। शीले सँधै वर्षातपछि सूर्य उदाउने बताएका थिए। उनले स्पेन र चीनबीचको मित्रता बलियो रहेको र महामारीसँग जुधेपछि द्विपक्षीय सम्बन्ध अझ सुनौलो हुने बताएका छन्।

जवाफमा स्पेनका प्रधानमन्त्री सान्चेजले पनि स्पेन र चीन सँधै एकअर्काका सहयोगी रहेको भन्दै यो महामारीविरुद्ध पनि एक साथ रहेको बताएका थिए।

चिनियाँ समाचार एजेन्सी सिन्हुवाका अनुािर चीनले स्पेनलाई सहयोग पठाएको छ। चीनले पठाएका ५० हजार फेस मास्क, १० हजार प्रोकेक्टिभ सूच, १० हजार प्रोटेक्टिभ ग्लोभ्स, १० हजार सर्जिकल ग्लोभ्स २२ मार्चमा स्पेनको राजधानी म्याड्रिड पुगेका छन्।

यसअघि १२ मार्चमा पनि चीनले इटाली र स्पेनको सहयोगका लागि मेडिकल सप्लाई पठाएको थियो। म्याड्रिडस्थित चिनियाँ दूतावासका अनुसार त्यसमा १८ लाख मास्क थिए।

सिन्हुवा र रोयर्टसका अनुसार इटालीको राजधानी रोमको विमानस्थलमा उधिएको विमानमा चिनियाँ मेडिकल एक्सपर्ट्सको ९ सदस्यीय टोली थियो र कैयौं टन मेडिकल स्पलाई थियो। एक्सपर्ट्सको जो टोली त्यहाँ गएको थियो, त्यो चीनको नेशनल हेल्थ कमिशन र चीनको रेडक्रस सोसाइटीको तर्फबाट गएको थियो। उनीहरुले आफूसँै भेन्टिलेटर, मोनिटर र डिफिब्रिलेटरसमेत ७००भन्दा धेरै उपकरण र सामान लगेका थिए।

स्पेनमा ठूलो संख्यामा चिनियाँ नागरिक छन्। यो पनि एक कारण हो की चीन सरकारले स्पेनको सहयोगका लागि तत्परता देखाएको छ। सिन्हुवाका अनुसार चीनका ठूला कम्पनीहरुले स्पेनका लागि लाखौं मास्क डोनेट गरेका छन् । अन्य केही कम्पनीहरुल्े मेडिकल सामानको सहयोग गर्ने प्रतिवद्धता जनाएका छन्। स्पेनका राजा फिलिपले त्यसका लागि धन्यावाद दिएका छन्। स्पेनमा सहयोग पुर्याउनका लागि चीनको शिनजियांग प्रान्तदेखि म्याड्रिडसम्म चल्ने ट्रेनको उपयोग गरिने छ।
कोरोना भाइरसको संकटसँग जुध्न स्पेन सरकारले स्वास्थ्य संकटकाल घोषणा गरिसकेको छ। स्पेनका अस्पतालहरुमाा विरामीको संख्या लगातार बढिरहेको छ। जसको कारण उसको हेल्थ सिस्टम दबाबमा छ।

फाइनेन्शियल टाइम्सका अनुसार स्पेनले ४३२ मिलियन यूरोको मेडिकल सामान चीनबाट खरिद गर्ने घोषणा गरेको छ। स्पेनका स्वास्थ्यमन्त्रीले यी मध्ये ५५० मिलियन मास्क हुने बताएका छन्। जसको प्रयोग स्वास्थ्यकर्मी र आम मानिसले गर्नेछन्। साथै ५.५ मिलियन टेस्ट र ९५० रेस्पिरेट्र्स खरिद गरिने छ।

स्पेनको यो संकट कहिलसम्म जारी रहने अनुमान लगाइएको छ, यसको संकेत यसैबाट पाइन्छ की मास्कको डेलिभरी आठ हप्तामा हुने छ र रस्पिरेटर्स अप्रिल र जूनको बीचमा प्राप्त हुने छन्।

स्पेनले एक नेटो कोर्डिनेशन सेन्टरबाट पनि पीपीई, रेस्पिरेटर्स र टेस्ट किट खरिदका लागि सहयोग गर्न भनेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *