शुक्रराज ट्रपिकल अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई हस्तान्तरण

डिसी नेपाल
१५ चैत २०७६ १३:५१

काठमाडौं। सन राइज बैंकले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई व्यक्तिगत सुरक्षा सामाग्री पीपीई हस्तान्तरण गरेको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले शनिबार टेकुस्थित अस्पताल पुगेर पीपीई हस्तान्तरण गरेका हुन्। बैंकले पुन प्रयोग गर्न सकिने र एक पटक मात्र प्रयोग गर्न सकिने गरि दुई प्रकारका पीपीई हस्तान्तरण गरेको छ।

बैकले अस्पताललाई उपलब्ध गराएका पीपीईमा ५ थान पुनः प्रयोग गर्न सकिने र २० थान एक पटक मात्रै प्रयोग गर्न मिल्ने प्रकारका छन्।

कोरोना भाइरसका शंकास्पद विरामीको परीक्षणका लागि चिकित्सकले लगाउनुपर्ने व्यक्तिगत सुरक्षा सामाग्री पीपीई पर्याप्त नभएका कारण उपचार तथा परीक्षण नै प्रभावित भइरहका बेला बैकले पिपिइ उपलब्ध गराएको हो।

बैंकले काठमाण्डौ बाहेक ६ वटा प्रादेशिक अस्पतालमा पनि २५ थानका दरले पीपीई उपलब्ध गराउने प्रमुख कार्यकारी अधिकृत शर्माले जानकारी दिए।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका डाक्टर शुशिल शर्माले व्यक्तिगत सुरक्षा सामाग्री पीपीईको सहयोगले कोरोना संक्रमितको उपचारमा ठूलो सहयोग मिलेको बताए।

बैंकले वीर अस्पताललाई पनि २५ थान पिपिइ उपलब्ध गराएको छ । सनिबार बिहान प्रमुख कार्यकारी अधिकृत पौडेल वीर अस्पताल पुगी अस्पतालका निर्देशक डाक्टर केदार सेन्चुरीलाई पीपीई हस्तान्तरण गरेका हुन्।

अस्पताललाई उपलब्ध गराईएको पिपिइमा ५ थान पुन प्रयोग गर्न मिल्ने र २० थान पुन प्रयोग गर्न नमिल्ने छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *