टोलटोलमा “अपरिचित व्यक्तिलाई प्रवेश निषेध”

डिसी नेपाल
१५ चैत २०७६ १७:३७

रुपन्देही । कोरोना सङ्क्रमण हुने त्रासले स्थानीयवासीले अपरिचित व्यक्तिलाई टोलटोल प्रवेशमा रोक लगाउन थालेका छन् । रुपन्देहीको सैनामैना नगरपालिकाका विभिन्न वडामा सङ्क्रमण बढ्ने भयले विभिन्न टोलमा स्थानीयवासीले “अपरिचित व्यक्तिलाई प्रवेश निषेध” भनेर प्लेकार्ड टाँगेका छन् ।

नगरपालिका वडा नं ४ स्थित नयाँ बस्ती, हरियाली बस्ती तथा वडा नं ५ स्थित शान्ति टोल, रामबस्ती टोललगायत क्षेत्रमा बाँसका घारा तथा मुढा तेर्साएर आवतजावत गर्न रोक लगाइएको छ । शान्ति टोलका नारायण भुसालले सङ्क्रमण हुने सम्भावना बढी भएकाले यस्तो कदम चाल्न परेको उल्लेख गर्दै अत्यावश्यक एम्बुलेन्स र दूधको गाडीका लागि बाटो सहज बनाइएको बताए ।

सैनामैना नगरपालिकाका प्रवक्ता तथा वडा नं ३ का वडाध्यक्ष रत्नबहादुर पौडेलले बाटामा रोक लगाउने नीति नभए पनि केही व्यक्ति गैरजिम्मेवार रुपमा घुमफिर गरेकाले स्वतस्फूर्त रुपमा स्थानीयवासीले बाटामा आवतजावत गर्न रोक लगाएको हुन सक्ने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *