चन्द्रागिरिका ६ वडामा मास्क वितरण

डिसी नेपाल
१५ चैत २०७६ १८:४२

काठमाडौं । उद्योग वाणिज्य संघ चन्द्रागिरि शाखाले चन्द्रागिरि नगरपालिका भित्रका छ वडामा मास्क वितरण गरेको छ । विश्वव्यापी रुपमा फैँलदै गएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित सङ्क्रमणलाई मध्यनजर गर्दै संघले आज वडा नं १, २, ३, १०, ११ र १५ मा मास्क वितरण गरेको हो ।

सङ्घका शाखा अध्यक्ष रामनारायण घिमिरेले नगरपालिकाभित्र रहेका विपन्न वर्गसम्म मास्क पुग्ने उदेश्यले प्रत्येक वडाका अध्यक्षमार्फत चन्द्रागिरिवासीलाई मास्क वितरण गरेको जानकारी दिए। ‘अहिले प्रत्येक वडाका अध्यक्षलाई एक÷एक सयका दरले वितरण गरेका छौँ, अपुग भए आगामी दिनमा पनि थप्दै लैजान्छौँ’, उनले भने । चन्द्रागिरीका १५ वटै वडामा मास्क वितरण गरीने सङ्घले जनाएको छ ।

शाखाका उपाध्यक्ष रोशन दानीले नगरपालिकाभित्र तीन हजार थान मास्क वितरण गर्ने बताए । संघले नगरपालिकाभित्र खाद्यान्न, ग्यास, औषधीलगायत अत्यावश्यक सामाग्रीको अभाव भए सहजीकरण गर्नेसमेत जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *