दक्षिण सुडानबाट फिर्ता भएका दक्षिण कोरियाली सैनिकको कोरोना परीक्षण हुने

डिसी नेपाल
१५ चैत २०७६ १९:२२

सिओल । नौ महिना दक्षिण सुडानमा शान्ति सेनाका रूपमा काम गरी शनिबार स्वदेश फर्किएका सबै दक्षिण कोरियाली सैनिकको कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणपछि मात्र शिविरमा पठाइने सैनिक मुख्यालयले जनाएको छ ।

उनीहरू इथियोपियाली विमान कम्पनीको विशेष उडानमार्फत शनिबार बिहान इन्चिअ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।

विश्वव्यापी कोरोना भाइरसका कारण दक्षिण सुडानमा रोकिएका उनीहरूलाई दक्षिण कोरियाली सरकारको पहलमा इथियोपियाली विमानमा स्वदेश ल्याइएको रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूलाई पालो दिन अन्य टुकडी नगएसम्म फिर्ता हुन नमिल्नेभएपनि कोभिड–१९को सङ्क्रमणको विश्वव्यापी प्रकोपपछि कोरियाली रक्षा मन्त्रालयको पहलमा स्वदेश ल्याइएको हो । उनीहरूको सट्टामा जाने सैनिक तयारी अवस्थामा रहेका र स्वास्थ्यस्थिति सहज हुँदासाथ पठाइने पनि मनत्रालयले जनाएको छ ।

शनिबार प्राप्त समाचार अनुसार संयुक्त राष्ट्रसघंका विभिन्न देशमा खटिएका ८६ कर्मचारी पनि कोरोना भाइरसबाट संङ्क्रमित भएका छन ।

राष्ट्रसंघका प्रवक्ता स्टेफन डुजारिकका अनुसार सङ्क्रमितमध्ये अधिकांश युरोपेली मुलुकमा खटिएका कर्मचारी रहेका छन् । त्यसैगरी अफ्रिका, एसिया, मध्यपूर्व र अमेरिकामा खटिएका केही कर्मचारी पनि सङ्क्रमित भेटिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *