राप्ती गाउँपालिकामा क्वारेन्टाइन, एम्बुलेन्स तयारी अवस्थामा

डिसी नेपाल
१५ चैत २०७६ २०:०१

दाङ । राप्ती गाउँपालिकाले कोभिड–१९को जोखिम रोक्नका लागि दुई स्थानमा क्वारेनटाइन र एक ठाउँमा आइसोलेशन वार्ड निर्माण गरेको छ । गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले लालमटियामा रहेको एराति आदर्श बहुमुखी क्याम्पस र सिसहनियाको सर्वोदय माध्यमिक विद्यालयलाई क्वारेनटाइन बनाइएको जानकारी दिए ।

गाउँपालिकाले बाहिरबाट घर फर्केकालाई क्वारेन्टाइनमा आउन पनि आग्रह गरेको छ । त्यस्तै गढवा गाउँपालिकाले जनता माध्यमिक विद्यालय गढवामा तीन वटा आइसोलेशन वार्ड तयार पारिएको जनाएको छ । गाउँपालिकाका अध्यक्ष सहजराम यातवले अन्य वडामा पनि आवश्यकतानुशार व्यवस्थापन गर्न सकिने बताए ।

त्यस्तै राजपुर गाउँपालिकाले पनि अहिलेलाई बेला स्वास्थ्यचौकी र गंगदी स्वास्थ्यचौकीमा दुईदुई आइसालेशन वार्ड तयारि अवस्थामा राखिएको जानकारी दिएको छ । गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले भारतबाट आएका मानिसलाई गाउँगाउँ गएर घर भित्र सुरक्षित भएर बस्न आग्रह गरिएको बताए । उनले गढवा स्वास्थ्यचौकीमा चिकित्सकसहितको सेवा उपलब्ध रहेको पनि जानकारी दिए ।

त्यस्तै कोरोना भाइरसको आशङ्का गरिएका बिरामी फेलामा परेमा तत्काल अस्पतालमा पुयाउनका लागि दाङमा १५ एम्बुलेन्सलाई तयारीका साथ राखिएको छ । प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले कोरोना संक्रमण फैलिन नदिन यहाँका तीनै निर्वाचन क्षेत्रमा पाँचपाँच एम्बुलेन्स तयारी अवस्थामा राखिएको बताए । ती एम्बुलेन्स यहाँका १० वटै स्थानीय तहको पहुँचमा पुग्ने गरी व्यवस्था मिलाइएको छ । प्रजिअ रिजालले यहाँका एम्बुलेन्स चालकलाई स्यानिटाइजर र मास्क शुक्रबार वितरण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *