अमेरिकामा क्वारेन्टाइनको आवश्यकता छैनः राष्ट्रपति ट्रम्प

डिसी नेपाल
१६ चैत २०७६ ११:४१

विश्वको सबैभन्दा शक्तिशाली मानिएको देश अमेरिकामा पनि कोरोनाभाइरसले निकै क्रुर रुपमा प्रभाव बढाइरहेको छ । अहिले कोरोनाभाइरसबाट सबैभन्दा धेरै प्रभावित बनेको देश अमेरिका बनेको छ । यहाँ संक्रमितको संख्या झण्डै सवा १ लाख पुगेको छ भने मृत्यु हुनेको संख्या २ हजार २ सय भन्दा धेरै पुगिसकेको छ ।

सबैभन्दा धेरै संक्रमित न्यूयोर्कमा छन् । यहाँ कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्या ६७० भन्दा धेरै पुगिसकेको छ । यही बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसको कोरोना टास्क फोर्सले न्यूयोर्कमा कडा ट्राभल एडभाइजरी जारी गर्ने निर्देश दिएको जानकारी दिएका छन् । ट्वीटरमार्फत यस्तो जानकारी दिँदै राष्ट्रपति ट्रम्पले क्वारेन्टाइनको आवश्यकता नभएको पनि बनाएका छन् । उनले यस विषयमा सीडीएसले निर्णय गर्ने बताए पनि अझैसम्म त्यो निर्णय भएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *