सहकारीका सदस्यलाई आंशिक सेवा

डिसी नेपाल
१६ चैत २०७६ १६:०३

काठमाडौं। सरकारले लकडाउन घोषणा गरेसँगै बन्द भएका बचत तथा ऋण सहकारीहरुले आंशिक सेवा सुरु गरेका छन्। अर्थ मन्त्रालयले बैंकिङ सेवा आंशिक रुपमा संचालन गर्ने निर्णय गरेसँगै सहकारीहरुले पनि सेवा सुरु गरेका हुन्।

होलसेलमा वित्तीय सेवा दिने राष्ट्रिय सहकारी बैंक र नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघले आईतबारबाट सेवा सुरु गरेका छन्। यसैगरी केहि बचत तथा ऋण सहकारीहरुले सदस्यलाई आवश्यक्ताका आधारमा सेवा दिन थालेका हुन्।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले बैंकले केन्द्रीय कार्यालयका साथै प्रादेशिक कार्यालय संचालनमा ल्याइएको जानकारी दिए।

‘बिहीबारदेखि नै केन्द्रीय कार्यालय आंशिक समय संचालन गर्दै आएका थियौं, उनले भने, आईतबारबाट भने प्रादेशिक कार्यालयहरुबाट समेत सेवा सुरु गरिएको छ।’

यसैगरी नेफ्स्कूनले पनि अत्यावश्यक अवस्थामा संस्थालाई सहयोग गर्ने जनाएको छ । नेफ्स्कूनका प्रमूख कार्यकारी अधिकृत शिवजी सापकोटाले आवश्यक पर्ने संस्थालाई रकम उपलब्ध गराउने बताए ।

‘हाम्रो भल्टको क्षमता अनुसार नगद व्यवस्थापन गरेका छौं उनले भने, अत्यावश्यक पर्ने सदस्य संस्थालाई रकम उपलब्ध गराउछौं ।’

बैंकिङ सेवा संचालन गर्न जिल्ला प्रशासन कार्यालयहरुले बैंकहरुलाई पास वितरण गरेपनि सहकारीहरुलाई भने नदिएको र बाणिज्य बैंकहरुले नगद नदिदा संस्था संचालन गर्न अप्ठेरो भएको सहकारीकर्मीले गुनासो गरेका छन् ।

बैंकहरुले ग्राहकलाई विद्युतिय कारोबारमा प्रोत्साहन गर्दै आएका छन् । तर, एकाध सहकारीमा मात्र एटिएम, मोवाईल बैंकिङ सेवा प्रदान गर्दै आएका छन् ।

यस्तो अवस्थामा सहकारीले सेवा संचालन नगर्दा सहकारीका सदस्यहरु अत्यावश्यक काममा लागि समेत नगद निकाल्न पाएका छैनन् ।

हाल देशभर ३५ हजार सहकारीमध्ये ६० प्रतिशतले वित्तीय सेवा दिदै आएका छन् । वित्तीय क्षेत्रमा सहकारीको हिस्सा २५ प्रतिशत रहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *