महाशक्ति राष्ट्र अमेरिका कसरी कोरोना सामु घुँडा टेक्यो?

डिसी नेपाल
१६ चैत २०७६ १८:३३

न्युयोर्क (बीबीसी)। अब सेप्टम्बर ११ को स्मारकमा नयाँ फूलहरु देखिँदनन्। अमेरिकामा यो एउट यस्तो स्थान थियो जहाँ सँधै नयाँ गुलाबका फूल देखिन्थे।
अमेरिकाको न्यूयोर्क शहर चमक दमकबाट चर्चित क्षेत्र ब्रोडवे, जो गोरा नस्लको महानताको उदाहरण भनिन्थ्यो र जहाँ सँधै चहलपहल हुन्थ्यो, त्यहाँ अब सन्नाटा छाएको छ।

उसको चर्चित उपनगरीय ट्रेन स्टेशन भुतहा देखिन्छ। तर पनि न्यूर्योको संसारभर चर्चित म्यानहट्टन क्षेत्रका वासिन्दाहरुलाई स्टेटेन आईल्याण्ड लैजाने नाउ, स्ट्याचू अफ लिबर्टी हुँदै, अझै पनि न्यूर्योकको खाडीतर्फ गएको देखिन्छ। तर, तपाईले त्यसमा नजिकबाट हेर्नुभयो भने त्यहाँ कुनै यात्रु हुँदैनन्। कुनैबेला यात्रुले ठेलमठेल हुने टाइम्स स्क्वायर, अब यस्तो देखिन्छ, मानौं संसारमा मानिसहरुको अकाल परेको होस।

हाम्रो पूरा ग्रहमा फैलिसकेको कोरोना भाइरसको महामारीको त्रास यतिसम्म छ की कोही पनि संसारको चौराहमा भेट्न तयार छैनन्। न्यूर्योक शहर जो आफ्नो जबरजस्त ऊर्जा र उत्साहका लागि चर्चित थियो, त्यो न्यूर्योक शहर, जो ठूलो शानसँग भन्थ्यो, जो कहिले सुतेकै छैन। सोही न्यूर्योक शहरलई अब कुम्भकर्णको निदमा जान बाध्य हुनुपरेको छ।

आज न्यूर्योक शहरमा कोरोना भाइरस संक्रमणका यति विरामी छन् की अमेरिकाका अन्य उपनगरीय क्षेत्रका कुल संक्रमितलाई जोड्ने हो भने पनि न्यूयोर्कभन्दा कम हन्छन्। न्यूर्योक शहलाई फेरि ग्राउण्ड जिरो भनिएको छ। यो त्यस्तो उपाधि हो जसबाट बच्न हरेक न्यूर्योकवासी चाहन्छन्। अचानक पागलपन जस्तै आएको हाम्रो संसार एक क्षणमा टाउकोले टेक्न बाँध्य भएको छ। ठिक त्यसै गरी जब सेप्टेम्बर ११,२००१ मा भएको थियो।

जसरी संकटको बेला एक मानिसको पहिचान हुन्छ, ठिक त्यसै गरी अगाडि उभिएको चुनौतीलाई देखेर कुनै मुलुकको पात्र अगाडि आउँछन्। यति ठूलो संकट अगाडि उभिएपछि, तुरुन्त थाहा हुन्छ, कुनै देशको नेतृत्व यस चुनौतीको सामना गर्ने क्षमता राख्छकी राख्दैन। उको भूमिकामाा यस संकटसँग लड्ने क्षमता छ की छैन।

डोनाल्ड ट्रम्पसँग अपेक्षा थियो?

अनि, आज जब अमेरिका एक राष्ट्रव्यापी होइन, वैश्विक संकटको सामना गरिरहेको छ भने, यस्तोमा हामीले अमेरिकाको भूमिकाका बारेमा के कुरा थाहा हुन्छ?
के अमेरिकी सत्ताकोकेन्द्र, क्यापिटल हिलमा बसेका सांसदहरु यो चुनौतीको सामना गर्न तयार छन्? स्मरण रहोस यी ति अमेरिकी सांसद हुन्, जो वर्षौेदेखि विधायकी दाउपेचको तालाबन्दीमा कैद छन्। यो अमेरिकी संसदीय व्यवस्थालाई आफ्नो चपेटामा लिने त्यस्तो प्यारालाइसिस हो, जो दुई पार्टीको आपसी दुस्मनीको देन हो।

अनि फेरि, उनीहरु यो महामारीबाट उत्पन्न भएको चुनौतीसँग जुध्नका लागि कुन स्तरसम्म एकजुट हुन तयार छन्? र त्यो मानिसका बारेमा तपाईँ के सोच्नु हुन्छ, जो व्हाइट हाउसको विश्व प्रसिद्ध ओभल अफिसमा, बेलायती महारानी भिक्टोरियाबाट उपहारमा मिलेको ऐतिहासिक र चर्चित रिज़ॉल्यूट डेस्क को पछाडी बस्छ? र, जसले आफूलाई युद्धको समयको राष्ट्रपतिको संज्ञा दिएको छ।

यी तीन प्रश्न मध्ये अन्तिम प्रश्न, सबैभन्दा धेरै चाखलाग्दो छ। यसको ठूलो कारण यो छ की डोनाल्ड ट्रम्पले कोरोना भाइरसको संकटसँग लड्नका लागि जे गरिरहेका छन्, हामीलाई त्यसको अपेक्षा थियो। ट्रम्पमा कुनै परिवर्तन आएको छैन। उनी अझै पनि परिपक्क र बुझ्ने भएका छैनन्। उनले आफ्नो गल्ती स्वीकार गर्न सिकेका छैनन्। उनीमा विनम्रता त पटक्कै छैन। बरु डोनल्ड ट्रम्को शासनकालको जति उपलब्धि रहे, ती यो संकटका बेला झन खुलेर आएका छन्। उनको हाँसोमा उडाउने खालका ठूल्ठूला दावीमा अब त हाँसो पनि लाग्दैन।

ट्रम्पले यो संकटसँग लड्नका लागि आफ्नो कामलाई आफै १० मा १० नम्बर दिएका छनु। उनले यो संकटाई जुन तरिकाले राजनीतिकरण गरेका छन्, त्यो यसको उदाहरण हो। जबकी यो संकटको राजनीतिसँग टाढ टाढाको सम्बन्ध पनि छैन।

ट्रम्प जब सेन्टर फर डिजीज कन्ट्रोलको भ्रमणमा गए, उनले आफ्नो राष्ट्रपति चुनाव प्रचार अभियानको टोपी लगाएका थिए।, जसमा ठूलो अक्षरमा लेखिएको थियो कीप अमेरिका ग्रेट।

सत्यलाई तोडमोड गरेर पेस गर्ने ट्रम्पको तरिका, आत्मालाईमेत उल्झाउने खालको छ। ट्रम्मले यो संकटको भयावाहतालाई पहिला नै अनुमान गरेको दावी गरेका छन्। जबकी सत्य के हो भने, हप्तौसम्म उनी यसलाई सानोतिरो रोग भनिरहेका थिए।

मजाक उडाउने नेता

फेरि ट्रम्पको यस लापरवाहीमाथि प्रश्न उठाउने मिडियालाई उनी फेक न्यूज मिडिाृ भनेर सँधैको जस्तो एकपटक फेरि यसलाई अस्वीका गर्न लागे। यसमा खास गरेर एक पत्रकारमाथि उनको विषालु आक्रमणको चर्चा गर्नु आवश्यक छ। जब व्हाइट हाउसमा एक पत्रकारले ट्रम्पसँग सोधे, डराइरहेका अमेरिकीलाई के सन्देश छ? राष्ट्रपतिले जवाफ दिए , म भन्छु तपाई निकै निच पत्रकार हो।

ट्रम्पको पागलपन र चिडचिडापन त्यो बेला फेरि उजागार भयो, जब उनले सिनेटर मिट रेमनी आफै आइसोलेशनमा गएको विषयलाई लिएर मजाक उडाए। मिट रोमनी एकमात्र यस्ता रिपब्लिकन सिनेटर थिए, जसले ट्रम्पविरुद्धको महाभियोगको समर्थनमा मतदान गरेका थिए।

डोनाल्ड ट्रम्प लगतार ती अमेरिकी सस्थाहरुमाथि आक्रमण गरिरहेका छन्, जो यस संकटसँग लड्न सबैभन्दा अग्र मोर्चामा थिए। जुन दिन ट्रम्पले राष्ट्रपति पदको मञ्चमा उभिएर अमेरिकाको सबैभन्दाकडा ट्राभल एडभाइजरी जारी गरेका थिए। र अमेरिकी नागरिकहरुलाई अन्तर्राष्ट्रिय यात्रा नगर्न भनेका थिए। सोही दिन उनले आफ्नो विदेश विभागलाई असीम शक्ति भएको खुफिया सार्मथ्यसहितको विभाग भनेका थिए।

तथ्यांक र रेटिंगमा ट्रम्पको विशेष रुची यस्तो छ की, उनी यसका लागि कुनै पनि स्तरमा जान सक्छन्। कोरोना भाइरसको मामिलाको कुरा गर्ने हो भने, उनले पश्चिमी तटमा आएर बस्ने अनुमति माग्ने एक क्रुज शिपलाई यसको अनुमति दिएनन्। र भने, मलाई तथ्यांक मन पर्छ, चाहे त्यो कुनै पनि प्रकारको होस। तर, हामी यसका लागि कुनै जहाजको जिम्मेवारी लिन सक्दैनौं किनकी त्यो हाम्रो गल्ति थिएन। यसकारण कोरोना भाइरस संक्रमितको संख्या दुई गुणा भए पनि।

प्रचारको लालचमा ट्रम्प यति बाध्य हुन्छनक उनी जे पनि बोलिदिन्छन्। अब कोरोना भाइरसको उपचारलाई नै लिनुहोस। ट्रम्पले हाईड्रक्सी क्लोनोरोक्वीन र एजिथ्रोमाइसिनलाई मिलाएर आाफूहरुले औषधि इतिहासमा सबैभन्द ठूलो गेम चेन्जरको आविष्कार गरेको बताएका थिए। र ट्रम्पले यस्तो दवी त्योबेला गरेर जब स्वास्थ्य अधिकारी उनलाई मानिसहरुलाई कुनै झुटो आशामा बाँच्नबाट जोगिन सल्लाहा दिइरहेका थिए।

आत्मरत्तिमाा रमाउने

मानिसहरुसँग समवेदना त ट्रम्पलाई टाढाबाट पनि छोएर गएको छैन। जो मानिसहरुले आफ्नो परिवारका सदस्यहरुलाई गुमाएका छन्, उनका लागि समवेदनाका दुई शब्द बोल्नुको सट्टा, उनीहरुको हौसला बढाउने कुरा गर्नुको सट्टा, र यस संकटको सामना गरिरहेका स्वास्थ्यकर्मीको प्रशंसा गर्नुको सट्टा, ट्रम्पले व्हाइट हाउसमा जब पत्रकार सम्मेलन गर्छन्, शुरुमा आफ्नो प्रशंसा गर्दै आएका छन्।

जब ट्रम्प बोलिसक्छन्, उनका विश्वास पात्र अथवा उपराष्ट्रपति माइक पेन्स, राष्ट्रपतिको शानमा प्रशंसा गर्छन्। गएका तीन वर्षमा माइक पेन्सले ट्रम्पको प्रशंसा गर्न यसरी सिकेका छन् की उनी मानौ दरबारिया कवी हुन र जसले राजाको शानमा कविता रचना गर्न महारत प्राप्त गरेका हुन् ।

ट्रम्पको व्हाइट हउसमा हुने पत्रकार सम्मेलन देखेर यस्तो लाग्छ, तपाईँ अमेरिकामा नभएर, उत्तर कोरियामा हुनुहुन्छ, जहाहँ तानाशाहको चापलुसी गर्नु अनिवार्य छ।

उनलाई देखेर यस्तो लाग्छ, ट्रम्पकाो आत्ममुग्धताको वासनालाई बुझ्न सक्नु करिब करिब असम्भव छ। ट्रम्पले आफूलाई युद्धको अवस्थाको राष्ट्रपति भने पनि। तर, उनको गतिविधि, मानिसहरुलाई फ्रान्सका राजा लुई १४ औंको स्मरण गराउँछन्। जो ठाटबाट र शानसँग बस्थ्यो र आफ्नो शक्तिको समुद्रमा पौडी खेलिरहन्थ्यो।
फेरि विदेशी मानिसहरुप्रति ट्रम्पको घृणा जगजाहेर छ। यो घृणा त सँधै ट्रम्पको राजनीतिक कारोबारको अटुट अंग रहेको छ। उनी कोरोना भाइरसलाई पटक पटक चाइनीज भाइरस भन्छन्, ठिक त्यसै गरी, जस्तो २०१६ को चुनावमा अमेरिकी औद्योगिक सामराज्यलाई समाप्त गर्न चीन र मेक्सिकोकोका आप्रवासीलाई जिम्मेवार मान्थे।

त्यसैगरी कोरोना भाइरसको प्रकोपका लागि चीनलाई जिम्मेवार ठहर गरिरहेका छन्, किनकी उनी यसको चुनावी फाइदा लिएर फेरि राष्ट्रपति चुनाव जित्न चाहन्छन्।

आर्थिक मामिलाहरुमा उनको व्यवस्थापन क्षमता सार्वजनिक स्वास्थ्यको विषयमा ठिक उल्टो, धेरै विश्वासिलो लाग्छ, पहिलाका आर्थिक झट्काहरु, खास गरेर २००८ को आर्थिक मन्दीको एक ठूलो पाठ थियो, शुरुदेखि नै कदम चाल्नुपर्छ, ट्रम्प यस्तो गर्ने प्रयास गरिरहेका छन्।

तर, यहाँ पनि उनी आफूलाई बेच्नमै धेरै लागेका छन्। कोरोना संकटसँग लड्नका लगि जुन आर्थिक प्याकेजको घोषणा गरिएको छ, त्यसको तथ्यांकमा उनले घोलमेल गरेर निकै बढाइचढाई गरेर पेश गरेका छन्। किनकी यी तथ्यांक भन्ने सुन्नेमा निकै ठूलो लाग्थे। यसैले उनलले यसलाई संसारको आठौं आश्चार्यसम्म भन्न भ्याए।

डोनाल्ड ट्रम्प हरेक जटील विषयको साधारण समाधान मनपराउछन्। उनले चीनबाट आउने मानिसहरुकालागि अमेरिकाको सीमाहरु बन्द गरिदिए। जसलाई एक सुझबुझपूर्ण निर्णय भन्नुपर्छ। तर, कोरोना भाइरसको प्रकोपको सामना गर्नक लागि बहुआयामी र दूरगामी रणनीतिको आवश्यकता थियो, जो सायद ट्रम्पको विवेकभन्दा बाहिरको कुरा हो।

उनको शासनकाल सँधैदेखि आज र अहिलेमै बाँच्ने किसिमको रहेको छ। ट्रम्पको प्रशासनमा त्यो क्षमता छैन की उनी सार्वजनिक स्वास्थ्यको ति ठूलो चुनौती र आर्थिक संकटससँग जुध्न सकोस। जबकी यी दुबै चुनौती उनको बचेको शासनकालमा चुनौती बनिरहने छन्। चाहे उनी आगामी १० महिनासम्म राष्ट्रपति हुन् व फेरि ४ वर्षका लागि निर्वाचित हुन्।

डोनाल्ड ट्रम्पको शासनकाल सँधै आफुनै मनअनुसार माहोल बनाउनमा विश्वास राख्ने खालको छ। वास्ताविकतामा कुनै प्रगति नभए पनि। उत्तर कोरियाका नेता किम जोंग उनसँगको परमाणु वार्ता यसको सबैभन्दा राम्रो उदाहरण हो। तर, ट्रम्पले बुझ्नुपर्छ, यस्ता विषय एक जादूगर जस्तै चुट्की वा कुनै प्रचारवादी मार्केटिंगको प्रतिभा यहाँ काम आउँदैन्। यो एक राष्ट्रिय आपतकालहो। जस्तो की अन्य केही विशेषज्ञ भनिरहेका छन्। र यसलाई ट्वीट गरेरमात्र हल गर्न सकिँदैन, जसलाई मात्र प्रचारको भरमा पार पाउन सकिँदैन। जसको केवल मानिसहरुलाई लोभ्याउने नामकरण गर्दैमा केही हुँदैन। तथ्यांकको वास्ताविकता लुकाउन सकिँदैन र ती तथ्यांक हुन्, मृत्यु हुने अमेरिकी नागरिकहरुको संख्या लगातार बढिरहेको छ।

यो संकटबाट अमेरिकबारे के जानकारी भयो?

र हामीले यो संकटले अमेरिकाको बारेमा के जानकारी पायौं? सबैभन्दा पहिला त हामीले यो थाहा पायौं की यो एक राम्रो देश हो। र यसको पहिचान अचानक बनेको होइन। अमेरिकासँधै देखि यस्तै रहेको छ। सेप्टेम्बर ११को आतंकवादी आक्रमणका जस्तै हामी एक पटक फेरि कुनै संकटको सामना गर्न पहिलो मोर्चाको योद्याहरुको निस्वार्थ भाव र बहादुरी देख्न चाहन्छौं।

नर्सहरु, डाक्टर, मेडिकल सर्पोट स्टाफ र एम्बुलेन्सकाचालक, सबैका सबै त्यही जनहितको कदरअनुसारकाम गर्न पुगेका छन्। ठीक त्यसै गरी जस्तै भलाईको भावना देखाउँदै फायर ब्रिगेडका कर्मचारीहरुले देखाएका थिए। जब न्यूर्योकको ट्वीन टावरमा आतंकवादी आक्रमणपछि आगो निभाउन र मानिसहरुको सहयोग गर्नका लगि पुगेका थिए।

हामीले एक पटक फेरि विद्यालयको चतुराई र सिर्जनात्मकता देख्यौं, जो विना एक क्षण गुमाएर हरेक छात्रलाई दूरस्थ शिक्षा दिइरहेका छन्। र अनलाइन माध्यमहरुबाट बालबालिकालाई पढाउने काम जारी राखे छन्।

र हामीले केही फरक अमेरिकीको गतिविधिलाई अपवादको रुपमा पनि देख्यौं। जसले हाम्रो शिर लाजले झुकाइदिएको छ। जुनप्रकारले बन्दुकहरुको पसल अगाडि लामो लाइन देखियो। हतियारको अनलाइन विक्रीमा जुन किसिमले वृद्धि भयो, एएमएमडट कमको विक्री ७० प्रतिशतले बढ्यो

।केही ईसाई कट्टरपन्थीहरुले यस महामारीबाट संक्रामक हुने कुरा अस्वीकार गरे। अरकसास राज्यका एक पादरीले यो कुनै भाइरस नभएको पुष्टि गर्ने प्रयास गरे। उनले भने, आफूकहाँ आउने श्रद्धालु जमीन जिब्रोले चाट्न तयार रहेको बताए। एकपटक फेरि विकसित देशका वासिन्दाका अगाडि उही पुरानो प्रश्न उभिएको छ। संसारको सबैभन्द धनी मुलुकका नागकिहरुका लागि कुनै सार्वजनिक स्वास्थ्य व्यवस्था किन छैन? ओबामा केयर बिल पास भएपछि पनि दश वर्षपछि हालसम्म ढाई करोड अमेरिकी नागरिकहरुको स्वास्थ्य बीमा छैन।

यो संकटविरुद्ध एकजुट हुनुपर्ने बेला अमेरिकी जनतालाई यो अनुभव भइरहेको छ की उनीहरु त गएक केही दशकदेखि राजनीतिक सोशल डिस्टेनिंगको पालना गरिरहेका थिए ।

अमेरिकी कट्टरपन्थीहरु र उदारवादी समूहका मानिस झुण्डको जस्तै आफ्नो आफुनो जस्तै विचारधारा मान्ने समूदायको नजिकै बस्दै आएका छनु। यसको कारण उनीहरुले आफ्नोभन्द फरक वा विरोधी राजनीतिक विचारधारा भएका साथीहरुसँगै बस्न पनि ठिक मानेनन्।

विभाजित अमेरिकी समाज

एक पटक फेरि हाम्रो अगाडि उही दुई धु्रवमा बाँडिएको अमेरिकी समाज छ। यस संकटलाई लिएर पनि हामीलाई अमेरिकामा उही कविलावाला प्रतिक्रिया देखिएको छ। जसमा हामी पहिला पनि रहेका थियौं। आज पनि रिपब्लिकन पार्टीका समर्थक यही मान्छन् की कोरोना भाइरसको संकटलाई बढाएर पेश गरिएको छ।

उता यस्तै सोच्ने डेमोक्रेटिक पार्टीका सदस्यहरुको संख्या रिपब्लिकनका तुलनामा आधाभन्दा पनि कम छ। रिपब्लिकन पार्टीका समर्थक, दुईतिहाई अमेरिकी नागरिकलाई राष्ट्रपतिबाट प्राप्त हुने जानकारीमा पूरा विश्वास छ। उता डेमोक्रेटिक पार्टीका समर्थक यस्ता मात्र ८ प्रतिशत अमेरिकी नागरिक छन्, जो ट्रम्पको कुरामा विश्वास गर्छन्।

जस्तोकी रेवरेन्ड जोश किंगले ठूलो निराशाका साथ वाशिंगटन पोस्टसँगभने, तपाई राजनीतिकरुपमा रुढिवादी क्षेत्रको कुरा गर्ने हो भने त ती मानिसहरु आफ्नो स्वास्थ्यको ख्याल गर्ने कुरा मान्दैनन्। उनीहरु त यो सोच्छन् की यो त उदारवाद हो जो उनीहरुको ढोका अगाडि उभिएको छ।

यहासम्मकी जब १३ मार्चमा सीडीसीले ले २१.४ करोड अमेरिकी नागरिक कोरोना भाइरस संक्रमित हुन सक्ने आशंका गरेको थियो, त्यो बेला दक्षिणपन्थी वेबसाइड द फेडरलिस्टका संस्थापक शान डेभिसले टुवीट गरे करपोरेट राजनीतिक मिडिया तपाईँहरुसँग घृणा गर्छ, उनीहरु यो देशसँग घृणा गर्छन्। र उनीहरु तबसम्म रोकिने छैनन्, जबसम्म उनीहरु सत्तामा आउने छैनन्। यदि यसको अर्थ के हो भने डरको यस्तो माहोल बनाउने, जसले अर्थव्यवस्था समाप्त होस, त उनीहरुलाई त्यो पनि स्वीकार छ किनकी उनीहरु त्यो कम्युनिष्ट देशको इशासामा यो सबै गरिरहेका छन् । जहाँबाट यो संकटको शरुआत भएको थियो।

ट्रम्पको लोकप्रियता कहाँ छ?

कोरोना भाइरसको यस संकटका अगाडि अमेरिका कुन किसिमले विभाजित छ भन्ने कुराको उदााहरण हो, हालैको ग्यालप पोल। यसका अनुसार रिपब्लिकन पार्टीका ९४ प्रतिशत समर्थक यस संकटसँग लड्न ट्रम्प प्रशासनको तरिकासँग पूर्णरुपमा सन्तुष्ट छन्। उत मात्र २७ प्रतिशत डेमोक्रेट समर्थकहरुलाईमात्र ट्रम्पको कोरोना भाइरससँग लड्ने तरिकामा विश्वास छ। तर कुल मिलाएर हरेक १० मा ६ नागरिक यो मामिलामा ट्रम्पसँगै छन्। जसले आज पन ट्रम्पको लोकप्रियताके रेटिंग ४९ प्रतिशत छ। जो उनको शासनकालको उच्च लोकप्रियताको अवस्थाको बराबर हो।

यसअघिका संकटमा पनि आम अमेरकी नागरिक,राष्ट्रपतिको समर्थनमा थिए। डोनाल्ड ट्रम्प निकै विभाजकारी नेताका रुपमा चिनिन्छन्। ११ सेप्टेम्बरको आक्रमणपछि जर्ज डब्ल्यू बुसको लोकप्रियत ९० प्रतिशतभन्दा पनि माथि थियो।

अमेरिकाको राजनीतिक भूगोल, रातो र निलो प्रान्तवादी विभाजनका रुपमा स्पष्ट देखिएके छ। र यस राजनीतिक विभाजनबाट यो तय हुन्छ की कुन पार्टीका समर्थकहरुलाई कोरोना भाइरसको संक्रमण हुने जोखिम धेरै छ।

डेमोक्रेटिक पार्टीका समर्थक आमरुपमा शहरी क्षेत्रमा धेरै छन्। डेमोक्रेट समर्थक घना बस्तीहरुले उनीहरुबीच संक्रमणको खतरा बढाइदिएको छ। उता रिपब्लिकन पार्टीका समर्थक कम घना बस्तीमा छन्। जहाँ भाइरसको प्रकोप त्यति भयंकर छैन। अथवा यस महामारीका समयमा पनि अमेरिकाको राजनीतिक धु्रवीकरण देखिएको छ।

ब्लू अमेरिका अथवा डेमोक्रेटिक पार्टीको समर्थक रहेको राज्यमा ट्रम्प प्रशासनबाट धेरै आफै आफ्नो राज्यको सरकारबाट धेरै राम्रो नेतृत्वको अपेक्षा छ। डेमोक्रेटिक पार्टीका गभर्नरबाट जस्तोकी न्यूर्योकका गर्भनरबाट उनीहरुलाई धेरै विश्वास छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *