हेटौंँडाबाटै कोरोनाको परीक्षण हुने
हेटौंँडा । वाग्मती प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले सोमबारदेखि प्रदेश राजधानी हेटौंँडाबाटै कोरोना भाइरस (कोभिड १९) परीक्षण हुने बताएका छन्। मन्त्री दुलालले हेटौंँडाको कीटजन्यरोग अनुसन्धान केन्द्र (भिभिडी आरटिसी) मा रहेको प्रयोगशालालाई व्यवस्थित बनाएर कोभिड १९ को परीक्षण गरिने बताए।
उनले त्यहीँ स्वाब संकलन गरेर त्यहँि परीक्षण गर्ने र संक्रमित पाइएमा त्यहीँ उपचारका लागि व्यवस्था गरिएको बताए । मन्त्री दुलालले प्रदेश नं २ का विभिन्न जिल्लालाई समेत पायक पर्नेगरी हेटाँैंडामा प्रयोगशाला सञ्चालन गर्न लागिएको उल्लेख गरे । संक्रमितलाई राख्नका लागि प्रदेश सरकारले मात्र सघन उपचार कक्षसहितको तीन सयभन्दा बढी आइसोलेशन कक्ष निर्माण गरिएको छ ।
मन्त्री दुलालले सबै आइसोलेशन कक्षमा सम्पूर्ण उपकरणसहितको चिकित्सक तथा स्वास्थ्यकर्मी व्यवस्था गरिएको उल्लेख गरे।
No ads found for this position

डिसी नेपाल
Facebook Comment