पोर्चुगलमा समस्यामा परेका नेपालीलाई एनआरएनए पोर्चुगलद्वारा राहत वितरण
इटाली।गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलले आइतबार आपतकालीन राहत वितरण गरेको छ। कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीका लागि संघले राहत वितरण गरेको हो।
गैह्र आवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका कोषाध्यक्ष एबम कोभिड १९ टास्क फोर्सका सयोजक विक्रमजंग कुंवरले आज ५० जना नेपालीहरुलाई आवश्यक खाद्यान्न बितरण गरिएको जानकारी दिए।

आइतबार दिउँसो २ देखि साँझ ६ बजेसम्म खाद्यान्न बितरण गरिएको थियो। पोर्चुगलमा रोजगारी नभएका,नयाँ आएका र समस्यामा परेका नेपालीका लागि राहात बितरण गरिएको गैह्र आवासीय नेपाली संघ पोर्चुगलकी उपाध्यक्ष सिवानी श्रेष्ठले बताइन्।

पोर्चुगलमा कोरोना भाइरसका कारण समस्यामा परेका नेपालीहरु गैह्र आवासीय नेपाली संघ पोर्चुगलको सम्पर्कमा आउनसक्ने संघले जनाएको।
No ads found for this position
प्रतिक्रिया


Facebook Comment