एनआरएनएको आपतकालिन राहत कोषमा १ करोड ८८ लाख संकलन, कोरियाबाट मात्रै १ करोड ३० लाख

डिसी नेपाल
१७ चैत २०७६ १९:१६

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा १ करोड ८८ लाख संकलन भएको छ। विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहको सहयोगार्थ सो रकम जम्मा भएको कोषाध्यक्ष महेश श्रेष्ठले जानकारी दिए ।

उनले सहयोगका लागि विश्वभर छरिएका नेपाली समुदायलाई आग्रह गरेका छन् ।

कोरोना भाइरसका कारणले विदेशमा बस्ने नेपाली मध्य युकेमा२ जनाको मृत्यु भैसकेको छ भने सयौंको संख्यामा संक्रमित भएको आशंका गरिएको छ । संघले विश्वभर छरिएका गैरआवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वस्थ्य हेल्प लाइन समेत शुरु गरेको छ ।

संघको विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाई ,दिदीवहिनीहरु ,श्रमिक तथा विधार्थीहरुमा सहयोग गर्ने उद्देश्यले स्थापित ‘गैरआवासीय नेपाली संघको आपतकालिन राहत कोषमा हाल सम्म सहयोग गर्ने दाताहरुको नामावली यस प्रकार छ ।

(हाल सम्म उठेको जम्मा रकम : १ करोड ८८ लाख ७ हजार ६०० सय )
१. गैर आवासीय नेपाली संघ कोरिया : रु. १ करोड ३० लाख
२. गैर आवासीय नेपाली संघ जापान : रु. ५ लाख
३. गैर आवासीय नेपाली संघ ओमन : रु. ५० हजार २ सय
४. उपेन्द्र महतो ( बेलारुस ): रु. ५ लाख
५. जीवनाथ लामिछाने (जर्मनी) : रु. ५ लाख
६. कुमार पन्त (जर्मनी ) : रु. ५ लाख
७. सोनाम लामा (अमेरिका) : रु. ५ लाख
८. बद्रि केसी (रसिया): रु. १ लाख
९. मन केसी (अस्ट्रेलिया): रु. १ लाख
१०. अर्जुन कुमार श्रेष्ठ (बेल्जियम): रु. १ लाख
११. गौरी जोशी (अमेरिका): रु. ५ लाख
१२. आरके शर्मा (कतार ) : रु. २ लाख
१३. महेश कुमार श्रेष्ठ (जापान ): रु. ५ लाख
१४. लोक दाहाल (बेल्जियम ): रु. १ लाख
१५. गोबिन्द श्रेष्ठ (रोविन्द्र) (जापान ) : रु. १ लाख
१६. राजेन्द्र अर्याल (साउदी अरब ): रु. १ लाख
१७. दिपक प्रसाद कंडेल (जापान )’ ५० हजार
१८. पुरुसोत्तम बोहोरा ( अमेरिका ) : रु. १ लाख
१९. लोकनाथ वस्ती ( जापान ): रु. ५० हजार
२०. राजन त्रिपाठी (अमेरिका ): रु. ५० हजार
२१. कृष्ण तिमिल्सिना (बेलायत ): रु. ५० हजार
२२. चन्द्र गुरुङ (बेलायत ) : रु. १ लाख
२३. टंक लम्साल (जर्मनी ) : रु. ५० हजार
२४. भूमिराज गुरुङ (स्विजरल्याण्ड ) : रु. ५० हजार
२५. अभ्युमन्यु बस्नेत (क्यानाडा ): रु. १ लाख
२६. अब्दुल बसिद (कतार ): रु. १ लाख
२७. रमेश भण्डारी (साउदी अरब ): रु. ३२ हजार (करिव )
२८. नारायण पासवान (साउदी अरब ) : रु. १० हजार
२९. कुमार कार्की( थाईल्याण्ड ) : रु. १ लाख
३०. कृष्ण लामिछाने (अमेरिका ): रु. ५० हजार
३१. प्रमिला बस्नेत (क्यानाडा) : रु. १५ हजार
३२. रादेश पण्डित (अमेरिका ) : रु. ६० हजार (करिब
सहयोगी दाताहरुको नामावली अपडेट गरिदै जाने भएकोले सहयोगका लागि संघको आपतकालिन बैंक खाता देहाय वमोजिम रहेको जानकारी गराउन चाहन्छौं ।
Bank Name : Sanima Bank Limited
Branch Name : Alkapuri, Kathmandu
Account No : 024010510000034
Beneficiary : NRNA EMERGENCY FUND
Swift Code : SNMANPKA



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *