युपिएफ नेपालले आफ्नो २४ कोठे भवन क्वारेन्टाइनको लागि दिने घोषणा

डिसी नेपाल
१८ चैत २०७६ ६:५९

काठमाडाैं। यूनिभर्सल पिस फेडेरेशन (युपिएफ) नेपालले चितवनको भरतपुर उप-महानगरपालिकामा रहेको आफ्नो २४ कोठे भवन सरकारलाई आवश्यक परेमा कोभिड-१९ को संक्रमणको शंका भएकाहरुलाई क्वारेन्टाइनमा राख्नको लागि प्रयोग गर्न दिने जनाएको छ।

कोभिड–१९ को विश्वव्यापी संक्रमण दिनप्रतिदिन भयावह बन्दै गइरहेको र नेपालमा पनि संक्रमितको संख्या वृद्धि हुँदै गएकोले कोरोना संक्रमणलाई नियन्त्रण तथा रोकथामको लागि संघर्षरत रहेको नेपाल सरकारलाई सक्दो सहयोग गर्नु दायित्व ठानेर संस्थाको भवन उपभोग गर्न दिन तयार रहेको युपिएफ नेपालका अध्यक्ष एकनाथ ढकालले जानकारी दिए।

युनिभर्सल पिस फेडेरेशन सयुक्त राष्ट्र संघको आर्थिक तथा सामाजिक परिषदमा माथिल्लो परामर्शदाताको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सामाजिक संजाल हो, जसको विश्वको १५४ राष्ट्रमा कार्यक्रम तथा न्यूयोर्कमा हेडक्वाटर रहेको छ।

युपिएफले पछिल्लो समय नेपालमा आयोजना गरेको एशिया प्याशिफिक समिटमा ४५ मित्र राष्ट्रका ७ राष्ट्र प्रमुख / सरकार प्रमुख समेत २००० बिशिष्ट पाहुनाहरुले सहभागिता जनाएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *