शोकमा डुब्यो सलमान खानको परिवार, भाइको निधन !

डिसी नेपाल
१८ चैत २०७६ ११:४९

काठमाडौँ । बलिउडका सुपरस्टार सलमान खानको सिङ्गो परिवार शोकमा डुबेको छ । अभिनेता खानका फुपुका छोरा (भानिज भाइ) को निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भाइको निधन भएसँगै अभिनेता खानले सामाजिक सञ्जालमा एक तस्बिर सार्वजनिक गर्दै एक भावुक स्टाटस लेखेका छन् ।

सलमानले लेखेका छन्, “तिमीलाई सँधै माया गरिरहन्छु” उनका अनुसार अब्दुल्ला सलमानको बिग स्ट्रोङ मुभमेनन्टका पनि हिस्सा थिए । अब्दुल्ला सलमान खानका बुबा सलीम खानका बहिनीका छोरा हुन् ।

रिर्पोटका अनुसार अब्दुल्ला पछिल्लो केही समयदेखि अस्वस्थ रहेको र मुम्बईको कोकिलाबेन अस्पतालमा उपचार भइरहेको थियो।

सलमानका अलावा एक्ट्रेस डेजी शाह र जरीन खानले पनि नेभी अब्दुल्लाको निधन प्रति शोक व्यक्त गरेका छन् । उनीहरुले सामाजिक सञ्जालमा स्टाटस लेख्दै आफुँहरुले सँधै सम्झिरहने बताएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *