सार्कमा कोरोनाबाट ७५ को मृत्यु, भारतमा सबैभन्दा धेरै, पाकिस्तानमा बढी संक्रमित (तालिका)

डिसी नेपाल
१८ चैत २०७६ १२:५३

काठमाडौँ । विश्वभर महामारीको रुप लिएको कोरोना भाइरसको संक्रमण सार्क राष्ट्रमा पनि ह्वात्तै बढेको छ । सार्क मुलुकमध्ये भारतमा सबैभन्दा धेरै कोरोना संक्रमितको ज्यान गएको छ । यस्तै पाकिस्तानमा सबैभन्दा धेरै मानिस संक्रमित भएका छन् ।

हालसम्म सार्क राष्ट्रमा कोरोना भाइरसको संक्रमणबाट ७५ जना मानिसको ज्यान गएको छ। ३ हजार ४ सय ८४ जना मानिस कोरोना भाइरसको संक्रमणबाट संक्रमित भएका छन् ।

भारतमा ३९ जनाको ज्यान गयो

सार्क राष्ट्र मध्ये भारतमा सबैभन्दा धेरै मानिसको ज्यान गएको छ । मंगलबार मध्यान्हसम्म भारतमा कोरोनाको संक्रमणबाट ३९ जना मानिसको ज्यान गएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । यो मृतकको संख्या सार्क राष्ट्रमध्ये सबैभन्दा धेरै हो ।

हालसम्म भारतमा १ हजार २ सय ५१ जना मानिस संक्रमित भएका छन् । भारतमो आज सातौँ दिको लकडाउन जारी रहेपनि उक्त लकडाउन संकटमा परेको छ। लकडाउनकाबीच करिब ७ लाख मानिसले दिल्ली छाडेका छन् ।

पाकिस्तानमा सबैभन्दा धेरै संक्रमित

कारोना भाइरसको संक्रमणबाट पाकिस्तानमा १ हजार ८ सय ६५ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । यो संक्रमितको संख्या सार्क राष्ट्रमध्ये सबैभन्दा बढी हो । जसमध्ये २५ जना मानिसको ज्यान गएको पाकिस्तानी सञ्चारमाध्यमहरुले जनाएका छन् । १२ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

यस्तै हालसम्म अन्य ६ राष्ट्रहरु नेपालमा ५, बंगलादेशमा ४९, भुटानमा ४, श्रीलंकमा १२२, अफगानिस्तानमा १७०, तथा माल्दिभ्समा १८ जना मानिस संक्रमित भएका छन् । जसमध्ये नेपालका एक जना उपचारपछि घर फर्किसकेका छन् ।

सार्क राष्ट्र भारत–पाकिस्तान बाहेक, बंगलादेशम ५, अफगानिस्तानमा ४ र श्रीलंकामा २ जनाको ज्यान गईसकेको छ ।

यस्तो छ सार्कका ८ राष्ट्रको कोरोना अपडेट तालिका

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *