बाजुरमामा फैलियो रुघा-खोकी, एकै गाउँमा एकैपटक ३०० परिवार बिरामी
बाजुरा । बाजुरको खप्तड छेडेदह गाउँपालिका–३ पुडाबाब्लाको गाउँवासी रुघाखोकीको सङ्क्रमणले थला परेका छन्। एक सातादेखि फैलिएको रुघाखोकीको सङ्क्रमणले ३०० बढी परिवारका सदस्य बिरामी परेका छन् ।
रुघाखोकी र ज्वरोले एक घरका दुईदेखि पाँच जनासम्म प्रकोपका कारण बिरामी परेको वडाध्यक्ष दीपक रावतले बताए
सामान्य खोकी लाग्ने, ज्वरो आउने, रिङ्गटा लाग्ने, खान मन नलाग्ने र शरीर थकित हुनेजस्ता लक्षण बिरामीमा देखिएको स्वास्थ्यकर्मी गणेश रावतले बताए । परिवार नै रुघाखोकीले थला परेपछि सहयोग गर्ने मान्छेसमेत गाउँमा भेटिन छाडेको छ।
लकडाउनको समयमा पुडाबाब्ला रुघाखोकीको प्रकोपका कारण थला परेको छ । प्रत्येक घरमा बालबालिकादेखि वृद्धवृद्धा सबै बिरामी परेपछि पानी बोकेर ल्याइदिने मान्छेको समेत अभाव छ।
गाउँपालिकाका स्वास्थ्य संयोजक नन्दबहादुर रावतले मौसम परिवर्तनका कारण रुघाखोकीको प्रकोप देखिएकाले डराउनुपर्ने अवस्था नरहेको बताए । बिरामीमध्ये अधिकांश सामान्य अवस्थाका भए पनि केहीलाई गाह्रो भएको अवस्था छ ।
गाउँ नै रुघाखोकीको सङ्क्रमणले थला परेपछि गाउँपालिका अध्यक्षसहित स्वास्थ्यकर्मीको टोली आएर गाउँमै आधारभूत स्वास्थ्य एकाइ सञ्चालन गरिएको छ।
खाद्यान्न अपुग नहुने
कोभिड–१९ को सङ्क्रमणका बेला बाजुरामा खाद्यान्न अपुग नहुने खाद्य तथा गुणस्तर व्यापार कम्पनी बाजुराले जनाएको छ। जिल्लामा खाद्यवस्तु अर्थात् चामलको अभाव नहुने खाद्य तथा गुणस्तर व्यापार कम्पनी बाजुरा शाखाका प्रमुख मेघराज ओझाले बताए ।
सदरमुकाम मार्तडीमा रहेको खाद्य संस्थानमा हाल ७०५ क्विन्टल चामल बिक्री नभएको शाखा प्रमुख ओझाले हामीलाई जानकारी दिए । खाद्य कम्पनीमार्फत बिक्री हुने हिमाली गाउँपालिकाको कवाडीमा समेत खाद्यान्न अभाव नहुने गरी ढुवानी गरिएको प्रमुख ओझाले बताए ।
सरकारले गरेको लकडाउनलाई ध्यानमा राख्दै बिहान ११ देखि ३ बजेसम्ममा मात्र खाद्य तथा व्यापार कम्पनी शाखा खुला गरी खाद्यान्न बिक्री गर्ने गरेको प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बताए।
पूर्वीउत्तरी भेगको कोल्टी खाद्य तथा गुणस्तर कम्पनीमा चार दिनदेखि खाद्य अभाव भएको समाचार भ्रामक रहेको खाद्य तथा व्यापार कम्पनी कोल्टी शाखाका प्रमुख नवीनप्रसाद आचार्यले आपत्ति जनाए । रासस
No ads found for this position

डिसी नेपाल
Facebook Comment