कोरोनाको नाममा अरु बिरामीले कहिलेसम्म पीडा खेप्ने सरकार?

डिसी नेपाल
२० चैत २०७६ १९:३५

काठमाडौ । लौन निनिलाई के भयो ! भर्खर सम्म बोल्दै हुनुहुन्थ्यो, नाडी पनि चिसो छ । आउनु ए दिदि भन्दै एक्कासी चिच्याउन थालिन इमाडोलमा कोठा भाडा लिएर बस्ने शर्मिला तामाङ । गत मंगलबारको घटना हो यो। एक महिनाअघि शर्मिलाकी ८० बर्षिय फूपु रौताहटबाट काठमाडौका बिभिन्न धार्मिक स्थलको दर्शन गर्न भनेर आएकी थिइन। सरकारले कोरोनाभाइरस रोकथामका लागि १० गतेदेखी लकडाउन गरेपछि उनि घर फर्कन नपाएर शर्मीलासँगै बसिरहेकी थिइन।

एक सातादेखी सामान्य रुघाखोकीले अस्वस्थ देखिएकी शर्मीलाकी फूपु मंलबार एक्कासी बेहोस भइन। शर्मीलाले छिमेकीमा खबर गरेपछि सबैजनाले एम्बुलेन्स बोलाउन भने। लकडाउनले गर्दा सडक सुनसान थियो। सिनामंगलको केएमसी अस्पताल लाने भनेर एउटा एम्बुलेन्सलाई फोन गर्दा एम्बुलेन्सले फोन उठाएर रुघाखोकी लागेको बिरामी भनेपछि आउन नसक्ने भन्यो । अब कहाँ जाने त्यसपछि झन आपत पर्याे।

हुन त नजिकै किष्ट अस्पताल रहेको छ तर निजि अस्पतालमा नलाने भनेर शर्मीलाले लान मानिन। उनले श्रीमानलाई फोन गरिन। उनका श्रीमान साहुको गाडी चलाउँछन। लकडाउनमा फसेपछि उनि कोठा आउन पाएका छैनन् । उतै साहुकै घरमा छन। अन्तत श्रीमानले पनि आउन नसक्ने भनेपछि एकजना छिमेकीले सरकारले उपलब्ध गराएको टोल फ्री नम्बर १०२ मा फोन गर्न सुझाव दिए । टोल फ्री नम्बर भनेपछि उनलाई एम्बुलेन्स पाउने थोरै आशा थियो । तर, एम्बुलेन्स चालकको जवाफले त्यो पनि निराशामा बद्लियो ।

पटक–पटक आग्रह गर्दा एम्बुलेन्स चालक एउटै कुरा दोहोर्‍याउँथे कुनै अस्पतालमा भर्ना लिन मान्दैनन दुःख पाउन म आउँदिनँ ।

एम्बुलेन्स चालकले आफ्नो अडान नछाडेपछि शर्मीला झन अप्ठ्यारोमा परिन। घुम्न आएकी फूपु केही भैहालेमा के गर्ने उनलाई झन् गाह्रो भइरहेको थियो । उनी निरीह थिइन् ।

त्यसपछि नजिकै ड्युटीमा खटिएका प्रहरीलाई साधन मिलाउन अनुरोध गरे । उनको दुर्दशा देखेका एक प्रहरीले भने हामीले कहाँबाट एम्बुलेन्स मिलाउनु अस्पताललाई भन्नुस। अरु गाडीलाई त पास लिएर आउनुपर्छ।

अन्तत केही नलागेपछि सबै मिलेर नजिककैको बन्द रहेको क्लिनकमा फोन गरेर लगे।

सलायन चढाएपछि होस आयो उनको न्युन रक्तचापका कारण बेहोस भएकी रहीछन। सामान्य रुघाखोकी र ज्वरोको औषधी दिएर पठाए। अन्तत शर्मीलाले दुखेसो पोखिन ःकोरोनाको नाममा अरु बिरामीले कहिले सम्म पिडा खेप्ने सरकार?

यो त प्रतिनिधि घटनामात्रै हो ।काेराेनाकाे त्रासमा विरामीले उपचार पाउन नसकेकाे ।  केहीदिनअघि कोरोनाको आशंकामा कोरोना बिशेष अस्पताल चितवनमा भर्ना भएका वीरगन्जका ३० बर्षीय युवकको अकालमा ज्यान गयो। चितवन मेडिकल कलेज र कोरोना बिशेष अस्पतालको समन्वय हुन नसक्दा दुवै अलमलमा परे। अन्तमा उच्च ज्वरो र निमोनियाले उनको ज्यान गयो।

यस्तै बुटवलको सैनामैना नगरपालिका ३७ वर्षीय बाबुराम थापा खोकी लागेर लुम्बिनी प्रादेशिक अस्पताल पुगे । अस्पतालमा ज्वरो स्क्रिनिङ गरेपछि कोरोनाको आशंका गर्दै सिधै बुटबलको धागो कारखाना पठाइदियो । उनी धागो कारखानामा बनाइएको अस्थायी आइसोलेटेड अस्पताल भर्ना भए । अस्पताल भर्ना भएको चार दिनपछि उनको मृत्यु भयो ।

पाटन अस्पतालको आईसीयूमा भर्ना भएका भारतीय सेनामा काम गर्दै आएका धादिङका एक युवकको पनि निमोनियाले नै ज्यान लियो।निमोनियाले नै काठमाडौको वीर अस्पतालमा पनि २ जना बिरामीको मृत्यु भएको छ।

यसरी नै बिराटनगरमा बिभिन्न अस्पताल चाहार्दा चाहार्दै समयमै उपचार नपाउदा धनकुटाकी एक महिलाको मृत्यु भएको थियो। कोरोनाको त्रास बढेसँगै रुघा र ज्वरोका बिरामी उपत्यकाको कुनै पनि अस्पतालले भर्ना नलिएका कारण अवस्था भयावह बन्दैछ । एम्बुलेन्स चालकहरुले बिरामी ओसार्न नमानेकाले पनि अवस्था झन् गम्भीर बनाउँदै लगेको संकेत गर्छ ।राष्ट्रिय जनस्वस्थ्य प्रयोगशालाका अनुसार कोरोनाको परिक्षण रिपोर्ट आउन नमुना ल्याबमा आएदेखी २४ घण्टा लाग्छ।

टेकु अस्पतालका एक चिकित्सक भन्छन सामान्य रुघघाखोकी र ज्वरोका बिरामीलाई पनि अन्य अस्पतालले कोरोना भन्दै यहाँ पठाएकाले हामीलाई तनाव भएको छ, बिरामीले दुःख पाएका छन।

निमोनियको बिरामीले समयमा उपचार पाएन भने मर्न सक्छ त्यसैले कोरोनाको आशंका हुदैमा उपचारबाट बन्चित हुनु हुदैन। शंंकामा क्वारेन्टाइ तथा आइसोलेसनमा राखेर पनि उपचार गर्नुपर्छ।कोरोनाले पनि निमोनिया नै गर्ने हो तर शंकामा रहेका बिरामीलाई सुरक्षीत रुपमा उपचार गर्नुपर्ने शिक्षण अस्पतालका छात्ती रोग बिशेषज्ञ डा सन्त कुमार दासले डिसी नेपाललाई बताए।

उनी भन्छन ः डाक्टर जस्ता बौदिक वर्गले हेलचेक््रयाई नगरी बिश्व स्वस्थ्य संगठनले तोकेको मापदन्डअनरुप चल्नुपर्छ। यस्तो बेलामा एम्बुलेन्स चालकहरुलाई पनि सुरक्षा सतकर्तामा ध्यान दिएर अस्पतालहरुले परिचालन गर्नुपर्छ।

कतिपय अस्पतालहरुले जुनसुकै केसहरुमा पनि कोरोना भनेर भर्ना गर्न चाहदैनन। भर्ना गरेपनि बिरामीलाई फोकस पुग्दैन त्यसैले बिरामी मर्नुको बिकल्प नभएको टेकु अस्पतालका निर्देशक सागर राजभण्डारीले बताए।

अहिले पहुँचवालाहरुले पास पाउँछन, निमुखाहरुले पास पनि पाउन सक्दैनन, एम्बुलेन्स पाउँदैनन, पाइहाले पनि भाडा तिनगुणा बढी भन्छन। अस्पतालले भर्ना गर्न मान्दैनन। यसले गर्दा कोरोनाको नाममा अन्य रोगी मारमा परेका छन। निमोनिया तथा श्वासप्रश्वासका रोगीहरु अहिले सर्वाधिक जोखिममा छन् । सरकार यतातिर पनि सोच्ने कि ?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *