उप्रधानमन्त्री पोखरेल र स्वास्थ्यमन्त्री ढकालविरुद्ध अख्तियारमा उजुरी

डिसी नेपाल
२० चैत २०७६ २१:०४

काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चीनबाट स्वास्थ्य सामग्री खरिद गर्दा अनियमितता भएको भन्दै उनिहरुविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले उजुरी दिएका हुन् ।

विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक सामग्री खरिदमा भ्रष्टाचार भएको भन्दै ५ जनालाई विपक्षी बनाई उजुरी दर्ता भएको हो ।

उजुरीमा मन्त्री पोखरेल र ढकाल सहित स्वस्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव यादवप्रसाद कोइराला, स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठ र ठेक्का लिने ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिका सञ्चालकहरूलाई विपक्षी बनाइएको छ ।

सरकारले बुधबार नै ओम्नी समूहसँग गरेको सम्झौता भने रद्द गरिसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *