मलेसियामा अर्का एक नेपालीमा पनि देखियो कोरोना

डिसी नेपाल
२० चैत २०७६ २३:५८

क्वलालम्पुर । मलेसियामा अर्को एक नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । सुगाईबुलोस्थित एक कम्पनिमा कार्यरत झापाका एक युवामा कोरोनाको संक्रमण देखिएको हो ।

संक्रमित बिरामी सुगाईबुलो अस्पतालमा उपचार भैरहेको नेपाली राजदूतावास मलेसियाका द्धितिय सचिव महेश त्रिपाठीले बताए । उनका अनुसार बिरामीको स्वास्थ्य अवस्था सुधार उन्मुख छ । बिरामीलाई तीन दिन अघि कम्पनीले नै अस्पताल भर्ना गरेको थियो ।

मलेसिया सरकारले स्वदेशी तथा बिदेशीलाई पनि निशुल्क उपचार गर्ने बताए अनुसार उनको पनि निशुल्क उपचार भैरहेको त्रिपाठीले जानकारी दिए ।

त्यस्तै केहिदिन अघिदेखि मलेसियाकै पेनाङमा एक नेपाली  युवाले कोरोनाको उपचार गराइराखेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *