जापानमा भेटिए पहिलो कोरोना संक्रमित नेपाली

डिसी नेपाल
२१ चैत २०७६ १०:२३

टोकियो । जापानमा पहिलो कोरोना संक्रमित नेपाली भेटिएका छन् ।

एक नेपालीमा कोरोनाको संक्रमण देखिएको टोकियोस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले पुष्टि गरेका छन् ।

उनका अनुसार संक्रमित ती नेपालीको सामान्य अवस्थामा उपचार भैरहेको छ ।

जापानमा हालसम्म २ हजार ६ सय १७ जना कोरोना संक्रमित विरामी भेटिएका छन् । तीमध्ये ६३ जनाको ज्यान गएको छ । त्यस्तै संक्रमित भएका ४ सय ७२ जना उपचारपछि निको भएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *