कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको परीक्षण सफल !

डिसी नेपाल
२१ चैत २०७६ ११:००

काठमाडौं। युनिभर्सिटी अफ पिटसबर्गको स्कुल अफ मेडिसिनका अनुसन्धानकर्ताहरुले कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको जनावरमा गरिएको प्रारम्भिक परीक्षणमा सफता प्राप्त गरेको बताएका छन् । मुसामा गरीएको परीक्षणमा भ्याक्सिनले शरीरमा कोभिड–१९ विरुद्ध लड्ने विशेष एन्टिबडी उत्पादन गरेको पाइएको हो । अनुसन्धानकर्ताहरुका अनुसार मुसाले भाइरसलाई मार्न पर्याप्त एन्टिबडी उत्पादन गरेको जानकारी दिएका छन् ।

मिडभिले ट्रिब्युनका अनुसार अनुन्धानकर्ताहरुले आफ्नो शोधपत्र बेलायतको प्रतिष्ठित मेडिकल जर्नल ल्यान्सेटले प्रकाशित गर्ने इबायोमेडिसिनमा प्रकाशित गरेका छन् । अनुसन्धानकर्ताहरुले अब आफूहरुले युएस फुड एण्ड ड्रग एडमिनिस्ट्रिेसनबाट अनुमतिको प्रतिक्षा गरिरहेको जनाएका छन् ताकि मानवमा भ्याक्सिनको परीक्षण गर्न सकियोस् ।

अनुसन्धानकर्ता डा. एन्ड्रिया गाम्बोट्टोका अनुसार अनुसन्धानकर्ताहरुले पहिल्यैदेखि यस्तै किसिमको भाइरसविरुद्ध प्रयोग हुने भ्याक्सिनमा काम गरिरहेकोले यति छिटो भ्याक्सिन विकसित गर्न सफल भएका हुन् । ‘हामीले यसअघि नै २००३ मा सार्स र २०१४ मा मर्स भाइरसको प्रकोप देखिसकेका थियौं’ गाम्बोट्टोले भनिन् ‘यी दुई भाइरसहरु कोभिड १९ सँग मिल्दोजुल्दो थिए । यसबाट हामीले यो भाइरस नियन्त्रण गर्न कसरी लड्नुपर्छ भन्ने पत्ता लगाउन सक्यौं ।’

अनुसन्धानकर्ताहरुले यो भ्याक्सिनलाई ‘पिटकोभ्याक’ नाम दिएका छन् जुन पिटसबर्ग कोरोनाभाइर भ्याक्सिनको संक्षिप्त रुप हो । भ्याक्सिन निर्माणमा प्रयोगशालामा बनाइएको भाइरल प्रोटिनको प्रयोग हुन्छ जसले रोग प्रतिरोधी क्षमता बढाउँछ । उसको प्रक्रिया फ्लुविरुद्ध वार्षिक रुपमा दिइने भ्याक्सिनको जस्तै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *