हक्की मैदान त्यागेर रसेल लिन्च बनिन नर्स

डिसी नेपाल
२१ चैत २०७६ १३:१३

काठमाडौं । कोरोना भाईरस माहामारीको कारण रसेल लिन्चको यो बर्ष आलम्पिकमा स्वर्ण पदक जित्ने सपना चकनाचुर भएको छ । अष्टे्रलियन महिला हक्की खेलाडी अहिले नर्सको रुपमा देश सेवा गरिरहेकी छिन । अष्टे्रलियन महिला हक्की टिमकी गोलकिपर रसेल एक रजिस्टर्ड नर्स हुन ।

टोकियो ओलम्पिक आगामी बर्ष आयोजना हुने भएपछि रसेलले कोबिड–१९ क्लिनिकमा नर्सको रुपमा आफ्नो नाम दर्ता गराएकी छिन । उनी पहिला पनी हप्ताको एकदिन न्यूरो रिहैबिलिटेशन वार्डमा का गर्ने गर्दथिन । अष्टे्रलियामा अहिले सम्म कारोनाबाट ५ हजार भन्दा बढि मानिसहरु प्रभावित भएका छन भने २४ जानाको मृत्यु भईसकेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *