कुवेतमा दोस्रो कोरोना संक्रमित नेपाली भेटिए

डिसी नेपाल
२१ चैत २०७६ १६:५६

कुवेत । कुवेतमा थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यसअघि कुवेतमा गएको बुधवार पहिलो पटक १ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार थप १ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या २ पुगको छ ।

पहिलो पटक संक्रमण देखिएका ती नेपाली कोरोना संक्रमितको सम्पर्क रहेकोले सरेको बताइएको थियो । शुक्रबार भेटिएका दोस्रो संक्रमित नेपालीको बारेमा भने अनुसन्धान भैरहेको बताइएको छ ।

कुवेतको स्वास्थ्यले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित ७५ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ४ सय १७ पुगेको छ ।

तीमध्ये ८२ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै १६ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *