कोरोनाभाइरसः निकै डरलाग्दा छन् संघर्षका यी तीन कहानी

डिसी नेपाल
२२ चैत २०७६ १४:२४

काठमाडौं। चीनको वुहान शहरबाट सुरु भएको कोरोनाभाइरस संक्रमणले लगभग पूरै विश्वलाई आफ्नो चपेटामा लिइसकेको छ । हरेक दिन मृत्युका आँकडा सयौंको संख्यामा बढ्छन् र हजारौंको संख्यामा संक्रमितको । पूरै विश्वमा यो भाइरसका कारण डरको माहोल छ तर यो सबको बीचमा आशाको कुरा केवल यत्ति छ कि धेरै केसहरुमा बिरामीहरु ठिक पनि भएका छन् । जोन हप्किन्स युनिभर्सिटीको तथ्यांकका अनुसार कोभिड–१९ बाट जहाँ ५० हजारभन्दा बढीको मृत्युको पुष्टि भएको छ त्यहीँ लाखभन्दा धेरै मानिसहरु ठिक पनि भएका छन् ।

कोरोनाभारसबाट संक्रमित हरेक व्यक्तिको एक अलग अनुभव छ । केहीमा यसका निकै सामान्य वा निकै कम लक्षण देखिएका थिए भने केहीमा यो निकै गम्भीर थियो । अनि केही त यस्ता केस पनि सार्वजनिक भएका छन् जसमा ती लक्षण छँदै थिएनन् जसको बारेमा स्वास्थ्य विभागले सचेत गराइरहेको छ । तर, एकपटक यो थाहा भएपछि कितपाइँ संक्रमित हुनुहुन्छ, त्यसपछि अस्पताल जानु बाहेक अर्को विकल्प बाँकी रहँदैन । बीबीसीले तीन यस्ता संक्रमितहरुसँग कुरा गरेको छ जसलाई संक्रमित पाइयो र उनीहरु अस्पतालमा बस्नु पर्यो । यी तीनवटै केस एक अर्कासँग पूरै फरक छन् तर अस्पताल जाने यिनीहरुको कारण एउटै थियो – कोभिड १९ ।

‘म आफ्नो र बच्चाको जीवनको लागि लडिरहेकी थिएँ’

दक्षिण पूर्वी इङल्याण्डको केंट शहरको हेर्ने बे इलाकामा बस्ने केरेन मेनरिङ ६ महिनाकी गर्भवती हुन् । हुने वाला बच्चा उनको चौथो सन्तान हो । केरेनलाई खोकी लाग्न थाल्यो । यो मार्चको दोस्रो हप्ता थियो । खोकीको साथमा उनलाई कडा ज्वरो पनि आएको थियो । र, एक दिनमा सबथोक बदलियो । केरेन भन्छिन् ‘मैले हेल्प लाइनमा फोन गरें । केरो सास रोकिइरहेको थियो । केही मिनेटमा एउटा एम्बुलेन्स मेरो घरको ढोकाअगाडि उभिएको थियो । म साँच्चै सास फेर्न सकिरहेकी थिइन त्यसैले उनीहरुले मलाई सिधै अक्सिजन दिन सुरु गरे ।

जब उनी अस्पताल पुगिन्, उनलाई कोरोनाभाइरस संक्रमित पाइयो । उनलाई निमोनियाको पनि समस्या थियो र त्यसपछि उनलाई अस्पतालको एक कोठामा अलग राखियो । हप्तौंको लागि । उनी भन्छिन् ‘कसैलाई पनि मेरो कोठामा आउन र मसँग भेट्न अनुमति थिएन । । त्यहाँ मलाई निकै एक्लो महसुस हुन्थ्यो । दुई तीन दिनसम्म त म बेटबाट उठ्दा पनि उठिन । यहाँसम्म कि शौचालय पनि गइन । जब उनहिरुले मेरो बेडशिट फेर्नुपर्थ्यो म अर्कोतर्फ कोल्टे फर्किन्थें । तर म बेडबाट झरिन ।

उनी अगाडि भन्छिन् ‘मलाई सास फेर्न कैयौं पटक गाह्रो हुन्थ्यो तर मैले अटेन्डेन्ट पूर्ण रुपमा तयार हुँदासम्म पर्खिनु पर्थ्यो । मलाई त्यही हालतमा केही बेर रहनुपर्थ्यो ताकि जो पनि मेरो सहयोगको लागि आउँदैछ उसले स्वयं सुरक्षाका सबै आवरण लगाएर आउन सकोस् । मेरो परिवारका सदस्य लगातार मसँग फोनमा कुरा गरिरहन्थे ताकि म शान्त रहिरहुँ । म निकै डराएकी थिएँ । म मर्न गइरहेकी थिएँ र मेरो परिवार भन्थ्यो कि उनीहरु हरेक चीजका लागि तयार छन् ।’

उनले थपिन् ‘म हरेक सासको लागि जुधिरहेकी थिएँ । यो लडाइँ मेरो र मेरो हुनेवाला बच्चाको लागि थियो ।’ केरेन आफू अस्पतालबाट निस्किएको दिनलाई कहिल्यै भुल्न नसक्ने बताउँछिन् । उनी आफ्नो अनुहारमा ताजा र चिसो हावालाई महसुस गर्न सक्थिन् । उनले भनिन् ‘म र मेरो पति गाडीमा बसेर घर गइरहेका थियौं । हामी दुवैले मास्क लगाएका थियौं । तर गाडीका झ्यालहरु खुला थिए र म ताजा हावालाई महसुस गरिरहेकी थिएँ ।’

केरेनका अनुसार अस्पतालमा एक्लै बिताएका ती केही हप्ताले सदाका लागि उनको जीवन बदलिदिएका छन् । उनले हरेक सानो भन्दा सानो चीजको आफ्नै महत्व हुन्छ भन्ने बुझेकी छिन् । जस्तै हप्तौंपछि हुनुहारलाई छुने ताजा चिसो हावा । केरेन अब अस्पतालबाट घर आएकी छिन् तर घरमा उनी सेल्फ आइसोलेसनमा छिन् । घरमा रहेका हरेक सदस्यको आवाज उनीसम्म आउँछ । घरका सदस्य उनको कोठामा आउँदैनन् तर बाहिर उभिएर उनको हौसला भने बढाउँछन् । उनी मान्छिन् यो संक्रमणले उनलाई बलियो बनाएको छ । उनलाई आशंका छ यो संक्रमण उनलाई उनले काम गर्ने सैलुनमा भयो । तर, पूर्ण रुपमा आश्वस्त भने छैनन् ।

‘म केवल यत्ति चाहन्थें कि कसैले मलाई मद्दत गरोस्’

यो जेसी क्लार्कको कहानी हो । जेसीलाई पहिलो दिनदेखि नै थाहा थियो कि यदि उनलाई कोरोनाभाइरसको संक्रमण भयो भने उनको लागि खतरा कुनै पनि अर्को संक्रमितलाई भन्दा धेरै हुनेछ । उनलाई मृगौलाको एक खतरनाक रोग छ र पाँच वर्ष पहिले उनको एउटा मृगौला हटाइसकिएको छ । २६ वर्षकी जेसीलाई पहिले खोकी लाग्न सुरु भयो त्यसपछि उनलाई सास फेर्न समस्या हुन थाल्यो । यी दुवै लक्षण देखिएपछि उनको चिन्ता बढ्यो । केही दिनपछि त उनी हिँडडुल गर्न नै बन्द भयो । उनलाई हिँड्न समस्या हुन थाल्यो ।

उनी भन्छिन् ‘मेरो ढाडको हड्डी, पिठ्युँ र पेट नजिकै निकै दुख्न थाल्यो । मलाई यस्तो लाग्थ्यो मानौं कसैले मलाई धेरै कुटेको थियो । बेलायतमा लकडाउनको घोषणा भइसकेको थियो तर जेसीको पीडा बढिरहेको थियो । उनका हुनेवाला पतिले उनलाई अस्पताल लिएर गए । जहाँ पुुग्नासाथ उनलाई अलग एउटा किनारामा राखियो । यो सुरक्षा कारण र सावधानी अपनाउँदै गरिएको थियो ।

जेसी भन्छिन् ‘मलाई एक्लै धेरै डर लागिरहेको थियो तर म यस्तो स्थितिमा थिएँ जहाँ म केवल यत्ति चाहन्थें कि कसैले मलाई मद्दत गरोस् । मलाई हरियो रंगको एक मासक दिइयो । त्यसपछि मलाई त्यो क्षेत्रमा लगियो जहाँ कोभिड १९ मा अन्य बिरामीहरुलाई राखिएको थियो । तर यहाँ हरेक बेडको बीचमा एउटा भित्ता थियो ।’ उनले अगाडि भनिन् ‘मेरो कोभिड १९ टेस्ट गरिएन । मेरा डाक्टरले मलाई भने कि उनीहरु जो कोहीको स्वाब टेस्ट गर्न सक्दैनन् तर यो मान्नु सुरक्षित हुन्छ कि मलाई कोभिड १९ छ । मेरो छातीमा तेज जलन भइरहेको थियो ।’

जेसीलाई यसअघि कहिल्यै पनि सास फेर्न समस्याको सामना गर्नु परेको थिएन । उनी भन्छिन् ‘यदि तपाइँ ठिकसँग सास फेर्न सकिरहनुभएको छैन भने तपाइँ भित्रबाट डराउनुहुन्छ ।’ जेसी अस्पताल गएको ६ घण्टा भैसकेको थियो । उनका हुनेवाला पति कारमै बसेर उनको प्रतिक्षा गरिरहेका थिए । तर उनलाई भित्र के–के भइरहेको छ भन्ने बारेमा केही थाहा थिएन । ५ दिनपछि जेसीले अस्पतालबाट विदा पाइन् । तर, हिँड्न उनलाई अझे पनि समस्या भइरहेको थियो । फर्किएपछि उनी १८–१८ घण्टा सुतिरहिन् । कैयौं पटक उनलाई खोकी पनि लाग्यो तर अहिले उनी सास भने ठिकसँग फेर्न सकिरहेकी छिन् ।

उनी भन्छिन् ‘केही युवाहरुलाई लाग्थ्यो कि उनीहरुलाई यो भाइरसको कुनै अर हुने छैन तर अब उनीहरु यसलाई गम्भीरताका साथ लिन थालेका छन् । हामीलाई यसबारे धेरै कुरा बताइएको छ । यो पनि बताइएको छ कि यसबाट युवाहरुलाई धेरै डराउनुपर्ने आवश्यकता छैन तर डराउनु पर्छ ।’

‘म यस्तो बन्द कोठामा थिएँ जहाँ केवल कालो धँध्यारो थियो’

स्टिवर्ट ६४ वर्षका छन् । उनलाई पूरा विश्यास छ कि उनलाई यो संक्रमण कोयर मिटिङका क्रममै भएको हुनुपर्छ । उनी भन्छन् ‘हामीले सामाजिक दूरीको परा पालन गरिरहेका थियषैं तर त्यो दिन बिहीबार जब कोयर मिटिङ भयो त्यहाँ भीड अलि बढी नै थियो । केही यस्ता व्यक्ति पनि आएका थिए जसलाई फ्लुका लक्षण थिए ।’ केही हप्ता पहिले भएको यो मिटिङको १० दिनपछि स्टिवर्टको हालत बिग्रिन थाल्यो ।

स्टिवर्ट भन्छन् ‘पहिले यसको असर निकै कम जस्तो लागिरहेको थियो । तर पछि म सिढी चढ्न पनि असमर्थ महसुस गर्न थालें । यसरी सास फेर्न थालें जसरी कुनै बुढो व्यक्तिले सास फेर्छन् । केही दिनपछि मलाई चल्न पनि समस्या हुन थाल्यो । भाइरसले मेरो फोक्सोमा आक्रमण गरेको थियो ।’ उनको परिवारले फोन गरेर सहयोग मागे त्यसपछि स्टिवर्टलाई अस्पताल भर्ना गरियो । उनी अस्पताल पुगेपछि कैयौं टेस्ट गरियो र स्वाब टेस्ट पनि गरियो । डाक्टरलाई लाग्यो कि उनलाई कोरोनाभाइरस संक्रमण छ त्यसपछि उनलाई अक्सिजनमा राखियो ।

स्टिवर्टमा अनुसार उनलाई एक्लो अँध्यारो कोठामा राखिएको थियो । उनी भन्छन् ‘मलाई लागिरहेको थियो मेरो जीवन समाप्त हुँदैछ तर म बाँच्न चाहन्थें । म आफूभित्र चलिरहेको लडाइँलाई महसुस गर्न सक्थें । केही दिनपछि स्टिवर्टलाई अस्पतालबाट विदा दिइयो तर घर गएर पनि उनी सेल्फ आइसोलेसनमा बसिरहेका छन् । अस्पतालबाट फर्किएपछि उनको एउटा बानी बदलिएको छ । अब उनी पहिलेको तुलनामा निकै धेरै पानी पिउन लागेका छन् ताकि उनको फोक्सो र घाँटी पहिलेजस्तै हुन सकुन् ।

बीबीसीबाट अनुवादित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *