समस्यामा परेका विद्यार्थीलाई आफ्नो विवरण उपलब्ध गराउन क्यानबारास्थित दूतावासको आह्वान

डिसी नेपाल
२२ चैत २०७६ १४:३०

सिड्नी । क्यानबारास्थित नेपाली राजदूतावासले कोरोनाका कारण अष्ट्रेलिया तथा न्युजिल्याण्ड , फिजीलगायतका प्रशान्त क्षेत्रमा समस्यामा परेका नेपाली विद्यार्थीहरुको विवरण संकलन गर्ने भएको छ ।

कोरोनाबाट प्रभावित विद्यार्थीको विवरण संकलन गरेर समाधानको लागि पहल गरिने दूतावासले जनाएको छ ।अप्ठ्यारोमा परेका विद्याथीले आफ्नो समस्या राजदूतावासको वेभसाइटमा उपलब्ध गराइएको फारम भरेर जानकारी गराउन अनुरोध गरिएको छ ।

उक्त फारममा आआफ्नो नाम थर, ठेगाना, अभिभावकको विवरण, आफू अध्ययनरत विश्व विद्यालय र कलेजको नाम, ठेगाना, इमेल,सम्पर्क नम्बर,आफूलाई यहाँको विश्वविद्याल र कलेजमा पठाउने शैक्षिक परामर्शदाताको नाम, सम्पर्क नम्बर, इमेल तथा सम्बन्धित विश्व विद्यालयको अन्तर्रा्ष्ट्रिय विद्यार्थी सम्बन्धी मामिला हेर्ने पदाधिकारीको नाम एवम् आफूलाई परेको समस्यालगायतका विवरणहरू उपलब्ध गराउन अनुरोध गरेको छ ।

राजदूतावासले अष्ट्रेलिया, न्युजिल्याण्ड, फिजीलगायतका प्रशान्त क्षेत्रमा रहेका विद्यार्थी समस्या नजिकबाट हेर्नुका साथै समाधानका लागि प्रयास गरिरहेको पनि जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *