नेपालीहरूको अवस्थाबारे बहराइनका प्रधानमन्त्रीसँग नेपालका प्रधानमन्त्रीको चासो

डिसी नेपाल
२२ चैत २०७६ १६:१३

काठमाडौं । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र बहराइन अधिराज्यका प्रधानमन्त्री खलिफा बिन सलमान अल खलिफाबीच समसामयिक विषयमा टेलिफोनमा वार्ता भएको मान्मास्थित नेपाली दूतावासले जनाएको छ ।

छलफलमा ओलीले बहराइनमा रहेका नेपालीहरुको अवस्था बारे चासो राखेका छन् । बहराइनमा हालसम्म १२ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रण देखिएको छ ।

प्रधानमन्त्री ओलीले पनि शनिबार बहराइनका समकक्षीसँग फोन वार्ता गरेको ट्वीटरमार्फत् जानकारी दिएका छन् ।

बहराइनका समकक्षीबाट त्यहाँ रहेका नेपालीहरुको सुरक्षा र सहयोग गर्ने प्रतिबद्धता प्राप्त भएको प्रधानमन्त्री ओलीले ट्वीटरमा उल्लेख गरेका छन् ।

‘कोभिड–१९ का सन्दर्भमा नेपाली श्रमिकहरुको उल्लेख्य संख्या रहेको मुलुकका सरकार प्रमुखसँग कुराकानी गर्ने क्रममा आज बहाराइनका प्रधानमंत्रीसँग फोन संबाद गरें।त्यहाँ रहेका नेपालीहरुको सुरक्षाप्रति चासो राख्दै बहाराइनबाट प्राप्त सहयोगकालागि धन्यबाद ज्ञापन गरे,’ उनले ट्वीटरमा भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *