साउदी अरबमा पनि पहिलो पटक २ जना नेपालीमा कोरोनाको संक्रमण

डिसी नेपाल
२२ चैत २०७६ २१:१४

काठमाडौँ । खाडीमुलुक साउदी अरबमा पनि पहिलो पटक २ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ ।

शनिबार साउदी अरबको दम्माम र जेद्दामा गरेर २ जनामा कोरोनाको संक्रमण देखिएको अनौपाचारिक जानकारी आएको रियादस्थित दूतावास श्रोतले डिसी नेपाललाई जानकारी दिएको छ ।

सम्बन्धित निकायबाट दूतावासमा औपचारिक जानकारी नआएको दूतावास श्रोतले बतायो । ‘हामीलाई दम्माम र जेद्दामा गरेर २ जना नेपालीमा कोरोनाको संक्रमण देखिएको भन्ने अनौपचारिक जानकारी आएको छ,’  दूतावास श्रोतले भन्याे ‘सम्बन्धित निकायसँग बिवरण मागेको छौँ । तर, अहिलेसम्म प्राप्त भएको छैन। ’

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *