छायाँनाथ सहकारीद्वारा विपद्कोषमा २ लाख सहयोग

डिसी नेपाल
२३ चैत २०७६ १९:४७

मुगु । मुगु जिल्लाको सदरमुकाम गमगढीमा प्रधानकार्यालय रहेको छायाँनाथ बचत तथा क्रण सहकारी संस्थाले कोरानाको विपत्तीमा परेका, श्रमिकहरुको सयोगार्थ स्थानीय तहहरुलाई नगद रुपैयाँ सहयोग गरेको छ ।

सहकारीले विपन्न समुदायलाई खाद्यन्न लगायत अन्य आवश्यकीय सामग्री सहयोगका लागि मुगु जिल्लाका चार स्थानीयतहहरु छायाँनाथ रारा नगरपालीका, खत्याड गाउँपालिका, सोरु गाउँपालिका र मुगुमकामारोङ्ग गाउँपालिकाहरुको विपद्कोषमा ५० हजारका दरले २ लाख रुपैया सहयोग गरेको हो ।

कोरोनाको कारण आक्रान्त अति विपन्न परिवारलाई खाद्यान्न वितरण गर्न मुगु जिल्लाका ४ वटै स्थानीयतहले स्थापना गरेको राहतकोषमा रकम जम्मागर्ने निर्णय अनुसार आईतबार स्थानीय तहहरुका विपद्कोषमा रकम जम्मा गरीएको सहकारीका उपाध्यक्ष कमलबहादुर बुढाले जानकारी दिए ।

राज्यले लकडाउन घोषणा गरेकाले हुलहुज्जत गरेर समुदायमा भिडभाड गर्नु भन्दा सरकारी एक प्रणाली मार्फत स्थानिय सरकारकोले अपनत्व ग्रहण गरोस र संघियतामा स्थानिय सरकारको महत्व सर्वसाधारणहरुले बुझन सकोस भनेर सहकारीले आफै जनता माझ नगएर स्थानीय सरकार मार्फत सहयोग गरेको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताए ।

जिल्लामा रहेकाचार वटा स्थानिय सरकारहरुले आआफनो पालिकाको नाममा राहतकोषको स्थापना गरी उक्तकोषमा सहयोग गर्न सरकारी, गैर सरकारी संघ सस्था, कर्मचारी, समाजसेवी तथा मनकारी व्यत्तित्वहरुलाई आव्हान गरे पनि हालसम्म छायाँनाथ बाहेक कसैले राहतकोषमा सहयोग गरेका छैनन् ।

‘यो विपद्को घडीमा जिल्लामा कार्यक्रम गर्ने गैर सरकारी संघ सस्थाहरुलाई आफ्ना तालिम, गोष्टी जस्ता कार्यक्रम कटौती गरेर राहतकोषमा सहयोग गर्न आग्रह गरेका छौ यस्तो बेलापनि सहयोग नगर्ने संघ सस्थालाई भावी दिनमा आफ्नो क्षेत्रमा कार्यक्रम संचालन गर्न स्वकृत नदिन बाध्य हुनेछौं । ’ छायाँनाथरारा नगरपालिकाका प्रमुख हरिजंग शाहीले भने ।

सहकारीले जिल्लामा वित्तिय साक्षरताका साथै सामाजिक काममा पनि सरकारी पक्षलाई यस अघिदेखि नै साथ दिँदै आएइको छ । यहि सहकारी हो जस्ले वित्तिय साक्षरताका साथै आफना सदस्यहरुलाई बार्षिक सरसफाईका लागि साबुन, नेलकटर वितरण गदै आएको छ । सहकारीका मुगु जिल्ला भरी ८ हजार सदस्यहरु रहेका छन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *