दिल्लीमा ५ हजार नेपालीको बिचल्ली

डिसी नेपाल
२३ चैत २०७६ २१:०७

नयाँदिल्ली । पहिला रोगको अब भोकको डर ! राजधानी दिल्ली सहित सम्पूर्ण भारतमा नेपालीहरु कोरोना रोग भन्दा पनि यसले सिर्जना गरेको त्रासले उत्पन्न भएको समस्यामा रुमल्लिएका छन् । भारतमा ‘लकडाउन’ गर्नु पहिलेदेखिनै होटेल, सपिङमल व्यापार मन्दीमा चुर्लुम डुबेका थिए । मन्दीको मार साथै कोरोनाको भयले नेपालीहरुमा आफ्नो र परिवारका लागि असुरक्षा उत्पन्न हुनु स्वभाभिक नै हो ।

एक दिने जनता कफ्र्यु लागु हुने घोषणा भए लगतै मजदुर वर्ग नेपालीहरु आफ्नै देशमा गरि खाने र मर्ने अवस्था भएपनि आफ्नै देशमा मर्ने उद्देश्यले देश फर्किए । तर, यात्रा नसकिँदै भारत पूर्णरुपमा ‘लकडाउन’ भयो र नेपाली जनता भारतका विभिन्न राज्यमा अलपत्र भए ।

भारत यस्तो देश हो जहाँ नेपालपछिको सबै भन्दा बढी नेपाली नागरिक कामका शिलशिलामा यहाँ आएका हुन्छन् । धेरै नेपालीहरू भारतका विभिन्न ठाउँमा चौकीदार, ठेला पसल, होटेल र कारखानामा कार्यरत छन् । ‘लकडाउन’ हुना साथ राजधानी दिल्ली विभिन्न बस अड्डामा बाहिरी राज्यदेखि आएका  हजारौ नेपाली दिल्लीको रोडमा पुलिसको लाठी खाँदै भागा–भाग गरिरहेका छन्।

येति धेरै नेपालीहरुको जमघट त्यो पनि कफ्र्यु लागेको बेला नेपाली दूतावासले सोचेकै थिएन । विदेशी भूमी, सीमित साधन कफ्र्युको बेला हजारौ पीडितहरुको सहयोगका लागि फोन कल, संस्थाहरुको दवाबले साँझ हुदा हुदा दूतावासले एन. ओ. सी. लेटर लिएर आए र उक्त स्थानमा भएका नेपालीहरुलाई नेपाल बोर्डरसम्म पु¥याउने कार्यमा संघ÷संस्थाहरुको महत्वपूर्ण योगदान रहेको थियो ।

समस्या समाधान भै जस्तै लाग्योे र दूतावासले पनि राहतको श्वास लियो । तर, ठुलो समस्याले सबैलाइ टुलु–टुलु हेरी रहेको थियो । आन्दविहार बस अड्डामा ‘अफ्रा–तफ्री’ हँुदा बेङ्गलौरदेखि आएका धेरै नेपाली दिल्लीकोको ठाउँ–ठाउँमा विस्थापित भए र उसै दिन भारतीय प्रधानमन्त्री मोदीले २१ दिनको ‘लकडाउन’को घोषणा गरे । विरानो राज्य, नचिनेका मान्छे बेङ्गलौरदेखि आएका नेपालीहरु ठुलो समस्यामा परे । न गाँस न बस्ने बास दूतावासको मौन अवस्थाले पीडितहरुमा रुवावासी सुरु भयो ।

केहि हदसम्म दिल्ली एन. सी. आरमा सक्रिय संघ/संस्था र नेपाली समाजसेवीको पहलमा पीडित नेपालीहरुलाई उनकै स्थानमा सहयोग पु¥याउने र व्यवस्थापन गर्नेकाम भयो । तर, समस्या केहि समयका लागि अस्थाई समाधान हो स्थाई होइन । रात दिन दूतावालाई फोन गर्ने, सामाजिक सञ्जालमार्फत भन्ने न भन्ने शब्द प्रयोग भए, तर पनि दूतावासको निद्रा खुलेन । सुरुमा बाहिरी राज्यदेखि आएका मात्रै पीडित थिए । तर, समस्या जस्ताको तैस्तै हँुदा समस्याहरु बढदै गए ।

बाहिरी राज्यका पीडित छँदै छन् अब दिल्लीमा बसोबास गर्ने मजदुर वर्ग पनि पीडितवर्गमा परिवर्तन भएका छन् । बाहिरी राज्यको त कुरै नगरांै दिल्लीमा मात्रै पीडितहरु हजारौमा छन् । अबको समस्या संघ/संस्थाद्वारा समाधान हुने देखिएको छैन । राज्य सरकारको दूतावासमार्फत हस्तक्षेप नभए समस्याको समधान हुदैन ।

उत्तरप्रदेश र बोर्डरमा आइसोलेशनमा बसेका नेपालीहरु १५ दिन पश्चात चिकित्सा परीक्षण हुने हो र नेपाल प्रवेशका लागि स्वीकृत हुनेछन । तर, दिल्लीसहित भारतका विभिन्न राज्यमा लुकी–लुकी बसेका नेपालीहरुको बारेमा दूतावासले कुनै चासो लिएको छैन । उनीहरुको मेडिकल जांच र आइसोलेशनको व्यवस्थामा सरकार किन मोन बसेको छ ? आफ्नै अन्तरिक समस्यामा अल्मलिएको सरकारले दिल्लीको समस्या समाधान गर्छ भन्नु मुर्खता हो ।

नेपाल सरकारले विज्ञप्ति मार्फत जो व्यक्ति जहाँ छन सोही स्थानमा बस्ने आदेश दिएको छ । सरकारलाइ थाह छैन बाहिरी राज्यदेखि आएका नेपाली कहाँ बस्ने र के खाने । गास, बासको व्यवस्था सरकारले नै गर्नु पर्ने हो । दिल्लीमा अलपत्र ५ हजार नेपालीलाइ १५ दिन नेपाल सरकारले गासको व्यवस्था गर्न सक्दैन र ?

अमेरिका जस्तो देश आफुनै कोरोन भाइरसमा चुर्लुम डुबेको छ । तर, पनि उसले आफ्नो देशका नागरिकलाई विश्वको जुनसुकै स्थानबाट पनि उद्दार गरि रहेको छ । नेपालका राजनीतिक प्रमुखहरुले विकसित देशमा नेपालीहरुको खोज खबर त गरिरहेका छन् तर देशको दुइ कदम बोर्डरमा नेपालीहरुको आवाजलाइ सुनेको छैन । कतै भारतमा मजदुर वर्ग हुनाले सरकार को वेवास्ता गरेको त होइन ?

दूतावासले पीडितहरुको आवाज नसुने पनि दिल्लीमा संघ/संस्थाहरुको हातेमालो देखिएको छ र उनीहरुले विभिन्न ठाउँमा सहयोग गरि रहेका छन् र हेल्पलाइनका लागि आफ्नो सम्पर्क नम्बरसम्म दिएका छन् । हरियाणा, गुरुग्राममा कान्तिपुर र सगरमाथा गेस्ट हाउस संचालकले पीडित नेपालीहरुको समूह र भारतीयहरुलाई उनिहरुकै स्थानमा गएर १० दिनसम्मका लागि चामल, दाल, पिठोका साथै पानी र रोडमा भएका गरिब बेसहाराहरुलाई तयार खाना वितरण गरेका छन् र गुरुग्राममा कुनै पनि नेपालीहरुलाइ खाद्यान सामग्री आवश्यकता परे आफ्नो नम्बरसम्म डिसी नेपाल मिडियालाइ उपलब्ध गराएका छन् । उनले आवश्यक परे ८८६०५६६४०१ नं.मा फोन गर्न समेत आग्रह गरेका छन् ।

दिल्लीको विभिन्न स्थानमा प्रवासी नेपाल मित्र मंच, हाम्रो स्वभिमान ट्रष्ट र नेपाल सुदूरपश्चिम युवासमाज भारतले पनि पीडितकै स्थानमा गएर पीडितहरुलाई खाद्यान सामग्री दिएका छन् । साथै दलित एकता संजाल भारतले पनि पीडितहरुको १५ जना र २५ जनाको समूहलाई केहि दिनको खाद्यान सामग्री उपलब्ध गराएका छन्।

बेङ्गलौरमा सक्रिय संस्था सुदूरपश्चिम जनकल्याण नेपाल भारत ट्रष्टले पीडितका नजिक भएको खाद्यान किराना पसलमालाई अनलाइन पेमेन्ट गरि सामग्री पीडितसम्म प¥याएका छन्। साथै सुदूरपश्चिम प्रवासी जन उत्थान समाज भारतले पनि पीडितहरुलाई अनलाइन रकम मार्फत सहयोग पु¥याएका छन् । याँहा धेरै समाजसेवी र संघ/संस्थाहरुको नाम छुटेको छ । उनीहरुले निरन्तररुपमा पीडितहरुलाई सहयोग गरिरहेका छन् । समाजसेवी र संघ संस्थाहरुको काम नै समाजमा सहयोग पु¥याउने हो तेसकारण नामभन्दा पनि पीडित वर्गका लागि निरन्तर सेवा गर्न हामी हार्दिक अनुरोध गर्दछौ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *