कोरोना प्रभावितकाे लागि जोशीको नेतृत्वमा अमेरिकाज क्षेत्रीय आर्थिक संकलन समिति गठन

डिसी नेपाल
२४ चैत २०७६ १९:३५

काठमाडौँ । कोरोनाले उग्ररूप लिन थालेपछी यसबाट प्रभावित हुने नेपाली समुदायलाई मध्यनजर गर्दे गैरआवासी नेपाली संघ अमेरिकाज क्षेत्रीय समितिले एक आर्थिक संकलन समिति गठन गरेको छ । कोरोना प्रभावित नेपालीलाई राहत उपलब्ध गराउने उद्देश्यले केन्द्रीय सचिव गौरी राज जोशीको संयोजकत्वमा अमेरिकाज क्षेत्रीय आर्थिक संकलन समिति गठन गरिएको क्षेत्रीय संयोजक राजन त्रिपाठीले बताए ।

संयोजक त्रिपाठीकै केन्द्रीय सचिव जोशीलाई समितिको नेतृत्व गर्न प्रस्ताव गरेका हुन्।  कोरोनबाट अमेरिकामा सयौँ नेपाली प्रभावित बनेका छन् ।

गठित आर्थिक समितिले संकलन गरेको रकम अमेरिकाज क्षेत्रमा नै प्रभावित भएका नेपालीको लागि खर्च गरिने क्षेत्रीय संयोजक त्रिपाठीको भनाइ छ ।

आइतबार बसेको बैठक अनलाइन बैठकले सर्वसम्मतिमा जोशीको नेतृत्वमा आर्थिक संकलन समिति गठन गरेको हो । उक्त बैठकमा एनआरएनए केन्द्रका विभिन्न पदाधिकारी तथा अमेरीकाज क्षेत्रका विभिन्न व्यक्तिहरू सहभागी थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *