प्रधानमन्त्री ओलीद्वारा बेलायती प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त अधिराज्य बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
गत १० दिनदेखि कोरोना भाइरसको सङ्क्रमणका कारण आइसोलेशनमा रहेका प्रधानमन्त्री जोन्सन सोमबार अस्पतालको सघन उपचार कक्षमा भर्ना भएका थिए ।
प्रधानमन्त्री ओलीले आज बिहान ट्विट गर्दै प्रधानमन्त्री जोन्सनको कोरोनाविरुद्धको प्रतिबद्ध सङ्घर्षको प्रयत्नलाई प्रशंसा पनि गरेका छन् ।
I wish Prime Minister @BorisJohnson of the UK speedy recovery. It is learnt that he has been moved to intensive care in hospital for the treatment of corona virus. I commend his dedicated efforts to fight COVID-19.
— K P Sharma Oli (@kpsharmaoli) April 7, 2020
प्रतिक्रिया
Facebook Comment