साउदी अरबमा कर्फ्यू लम्बाएर २४ घण्टा पुर्‍याइयो, पूर्ण पालना गर्न दूतावासको अनुरोध

डिसी नेपाल
२५ चैत २०७६ ८:४२

रियाद । साउदी अरबमा कर्फ्यूको समय अवधि लम्बाएर २४ घण्टा पुर्याइएको छ । कोरोना भाइरसको संक्रमण फैलिन सक्ने सम्भावित जोखिमलाई रोक्न साउदीको गृह मन्त्रालयले अप्रिल ७ तारिख सोमबारदेखि लागू हुने गरी रियाद, दमाम, ताबुक, दहरान, हफुफ, ताइफ, कतिफ, अलखोबर र जेद्दाका सम्पूर्ण क्षेत्रहरुमा अर्को सूचना नभएसम्मका लागि कर्फ्यूको समय लम्बाएर२४ घण्टे कर्फ्यू आदेश जारी गरेको रियादस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले यी क्षेत्रमा रहेका नेपालीहरुलाई कर्फ्यूको समयलाई पूर्ण पालना गर्न अनुरोध गरेको छ । सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्कन अपिल गरेको छ ।

साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले पनि सैनिक अधिकारी र नागरिकलाई कर्फ्युको पूणपूर्ण रुपमा पालना गर्न गराउन निर्देशन दिएको छ  । कर्फ्यूको उल्लंघन गरेमा कडा कारबाही गरिने पनि मन्त्रालयले जनाएको छ ।

हालसम्म साउदी अरबमा २ हजार ५ सय ६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । संक्रमितमध्ये ४ जना नेपाली नागरिक पनि रहेको दूतावासले जनाएको छ । साउदी अरबमा कोरोना भाइरसले ३८ जनाको ज्यान लिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *