बज्रबाराहीदेवीको जात्रा स्थगित
ललितपुर । कोरोना भाइरसको सम्भावित जोखिम फैलिन नदिन लकडाउन जारी भएपछि गोदावरी नगरपालिका–११ स्थित चापागाउँको प्रसिद्ध बज्रबाराहीदेवीको खटजात्रा स्थगन भएको छ।
प्रत्येक चैत शुक्ल चतुर्दशीदेखि पूर्णिमा दुई दिनसम्म सोे खटजात्रा मनाउने चलन रहेकामा सम्बन्धित पुजारीबाट आफ्नो परम्परा बचाउने गरी पूजाआजा मात्र चलाउन अनुरोध गरिएको वडाध्यक्ष नीलबहादुर देशारले जानकारी दिए ।
जात्रामा पूर्णिमाको दिन बिहान ७ बजे बज्रबाराहीलाई आँगनघर देवीस्थानबाट तल मण्डप बनाइराखेको स्थानमा ल्याई राखिन्छ।
त्यसपछि दिउँसो ११ बजेसम्म भक्तजनले देवीलाई पूजा गर्दै बोका, हाँस, कुखुराको भाले आदि बलि चढाइन्छ । राति १२ बजेपछि खटमा राखी मन्दिरबाट निकालेर घण्टी नबजाई चापागाउँको ट्यागलमा ल्याएर राखिन्थ्यो।
चापागाउँका स्थानीय ७४ वर्षीय वासुदेव कमाचार्यले मुख्य–मुख्य स्थानमा काठको भैरवको खट बनाई स्थापना र पूजा गरिने गरिएको स्मरण गराए ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment