कुवेतमा थप १ जना नेपालीमा कोरोना देखियो

डिसी नेपाल
२६ चैत २०७६ १५:४३

कुवेत । कुवेतमा थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यसअघि कुवेतमा गएको २ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । बुधवार थप १ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या ३ पुगको छ ।

कुवेतको स्वास्थ्यले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित १ सय १२ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ८ सय ५५ पुगेको छ ।

तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २१ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *