यूएईमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण मिलाउन एनआरएनएको माग

डिसी नेपाल
२६ चैत २०७६ १८:५३

काठमाडौँ । गैरआवासीय नेपाली संघ, (एनआरएनए) यूएईले त्यहाँ कोरोना भाइरस कोभिड–१९ का कारण प्राभिवत भएका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण मिलाउन माग गरेको छ ।

यूएईमा समस्यामा परेका नेपालीहरुलाई स्वदेश फर्कने वातावरण मिलाइदिन भन्दै संघले आबुधाबीस्थित नेपाली राजदूतावासलाई पत्रचार गरेको हो । संघका महासचिव नरेश सेनले यूएईका लागि नेपाली राजदूत कृष्ण प्रसाद ढकाललाई एक पत्र लेख्दै स्वदेश फर्कन चाहने नेपालीहरुको व्यवस्थापन गर्न आग्रह गरेका हुन्।

उनले कोरोना भाइरसबाट यूएईमा धेरै नेपालीहरुले आफ्नो काम गुमाउनुपरेको, भिजिट भिसामा रहेका नेपालीहरुलाई खान र बस्न समस्या परेको, हाल काम गरिरहेका कम्पनीहरुमा घट्दो तलबमा काम गर्नुपरेको र भिसा क्यान्सिल भई अलपत्र परेका त्यस्ता नेपालीहरुलाई स्वदेश फर्काउने वातावारण मिलाउन सरकारसँग पहल गरिदिन माग गरेका छन् ।

दूतावासलाई आवश्यक परेको खण्डमा नेपाल जान चाहने नेपालीहरुको विवरण संकलन एवं परामर्शमा समेत एनआरएनएले सहयोगी भूमिका निर्वाह गर्ने उनले पत्रमा उलेल्ख छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *