साउदीमा कोरोना संक्रमित ४ नेपालीमध्ये ३ जना निको भइ काममा फर्किए

डिसी नेपाल
२६ चैत २०७६ १९:१२

काठमाडौँ । साउदी अरबमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका ४ जना नेपालीमध्ये ३ जना उपचारपछि निको भएका छन् । रियादस्थित नेपाली दूतावासका अनुसार उनीहरु स्वास्थ्य लाभ गरेर आफ्नो काममा फर्किसकेका छन् ।

गएको आइतबार साउदीको स्वास्थ्य मन्त्रालयबाट ४ जना नेपालीमा कोरोना पुष्टि भएको जानकारी दूतावासलाई आएको थियो ।

साउदीका स्वास्थ्य मन्त्रीले कोरोना नियन्त्रणको प्रयासमा सबैको साथ सहयोग भएमा मात्र सरकार सफल हुने र संक्रमित हुनेहरुको संख्या घट्ने उल्लेख गर्दै सरकारका प्रयासहरुमा सहयोग गर्न सबैलाई अनुरोध गरेका छन् ।

स्वास्थ्य मन्त्रीले केहि अध्ययन र सिफारिसहरुलाई उल्लेख गर्दै सर्वसाधारणको सहयोग नभएमा साउदी अरबमा आउँदा केही हप्तामा कोरोना भाइरसको संक्रमण भयावह हुने बताउँदै १० हजारदेखि २ लाख जना संक्रमित हुने चेतावनी दिँदै सहयोगको अनुरोध गरेको दूतावासले जनाएको छ ।

साउदी अरबमा हालसम्म २ हजार ९ सय ३२ जना कोरोना संक्रमित विरामी भेटिएका छन् । तीमध्ये ४१ जनाको ज्यान गएको छ । त्यस्तै ६ सय ३१ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । बुधबार मात्रै थप १ सय ३७ जना नयाँ विरामी भेटिएका हुन् ।




प्रतिक्रिया

One thought on “साउदीमा कोरोना संक्रमित ४ नेपालीमध्ये ३ जना निको भइ काममा फर्किए

Leave a Reply

Your email address will not be published. Required fields are marked *