कोरोनाको संक्रमणबाट लण्डनमा एक नेपालीको निधन

डिसी नेपाल
२७ चैत २०७६ ७:०७

लन्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट तमुधीं लन्डन इकाईका वरिष्ठ उपाध्यक्ष तथा पूर्व सैनिक चेत प्रसाद गुरुङको निधन भएको छ।

५९ वर्षीय समाजसेवी गुरुङको लन्डनको ह्यारोस्थित नर्थविक पार्क अस्पतालमा उपचारका क्रममा मंगलबार साँझ निधन भएको तमु धीं लन्डनले जनाएको छ।

पर्वत स्थायी घर भई लामो समय देखि परिवारका साथ बेलायतको अल्पर्टनमा बस्दै आएका पूर्व गोर्खा सैनिक चेत बहादुर गुरुङ १४ दिन देखि रोगबाट पीडित थिए ।

गुरुङको निधनप्रति एनआरएनएका पूर्व उपाध्यक्ष कुल आचार्यले गहिरो दुःख व्यक्त गरेका छन्। आचार्यले भनेका छन्, “मिलनसार, समाजसेवी, मर्दापर्दा जहिले पनि सक्दो सहयोग गर्ने चेत प्रसाद गुरुङ दाजुको कोरोना संक्रमणबाट भएकाे असामयिक निधनप्रति म स्तब्ध भएको छु । दुःखको यो घडीमा म स्वर्गीय दाजुको आत्माको चिरशान्तिको कामना गर्दछु। साथै आदरणीय भाउजु लगायत शोक सन्तप्त सम्पूर्ण परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दछु।”

यस्तै तमुधी लन्डन इकाइले पनि गुरुङ्को निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ।

यसअघि बेलायतमा एकजना भूपू गोर्खा सैनिक लीलाबहादुर राई तथा प्रशान्त अर्यालको कोरोना संक्रमणका कारण दुःखद् निधन भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *