मुख्यमन्त्री, मन्त्री एवं कर्मचारीको सहयोग रकम जमा

डिसी नेपाल
२७ चैत २०७६ १८:५१

हेटौँडा । प्रदेश सरकारले स्थापना गरेको वाग्मती प्रदेश कोरोना सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सहयोग रकम जमा गरेको छ ।

कार्यालयले कोषमा मुख्यमन्त्री एवं सम्पूर्ण मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार र सचिवालयका कर्मचारी तथा कार्यालयका कर्मचारीबाट ७ लाख ६४ हजार ७७ जमा गरेको हो । मुख्यमन्त्री, मन्त्री, प्रमुख राजनीतिक सल्लाहकार, स्वकीय सचिव तथा सचिवालयका कर्मचारीका तर्फबाट ५ लाख ९० हजार २ सय ३३, कार्यालयका कर्मचारीका तर्फबाट १ लाख ७३ हजार ८ सय ४४ जमा गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका लेखा अधिकृत देविप्रसाद गौतमले जानकारी दिए ।

यसअघि मुख्यमन्त्री, मन्त्री तथा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकारको एक महिनाको सुविधाबापतको रकम र कर्मचारीको पदअनुसार ३, ५ र ७ दिनको तलब बराबरको रकम कोषमा जमा गर्ने निर्णय गरिएको थियो ।

कोरोना नियन्त्रण, रोकथाम तथा उपचारका लागि सरकारले ५० करोडको कोष निर्माण गरेको थियो । कोषमा निजी क्षेत्रबाट १ करोडभन्दा बढी रकम जमा भइसकेको जनाइएको छ । कोषमा सहयोग गर्न चाहनेले राष्ट्रिय वाणिज्य बैंकको खाता नं १३००५०३०००००२ मा रकम जमा गर्न सकिने लेखा अधिकृत गौतमले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *