कुवेतमा कोरोना संक्रमित नेपालीको संख्या ४ पुग्यो

डिसी नेपाल
२७ चैत २०७६ १८:५५

कुवेत । कुवेतमा बिहीबार थप १ जना नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यसअघि कुवेतमा गएको ३ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । बिहीबार थप १ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या ४ पुगको छ ।

कुवेतको स्वास्थ्यले बुधवार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार १ नेपालीसहित ५५ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ९ सय १० पुगेको छ ।

तीमध्ये १ सय ११ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २२ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *