सरकारले काममा नफर्किने हो भने सोच्नु पर्छ भनेपछि जापान फर्किँदै राजदूत राणा

डिसी नेपाल
२७ चैत २०७६ २२:५१

काठमाडौं । जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, ७३ लामो समयदेखि नेपाल घरमा छिन् । उच्च रक्तचाप लगायतका रोगको उपचारका लागि भन्दै दुई महिनादेखि बिदामा बसेकी राजदूत राणालाई कोरोनाको महामारीमा जापान फर्किनु पर्ने दवाब थियो ।

तै पनि बन्दाबन्दी र रोगको कारण देखाउँदै अटेरी गरिरहेकी थिइन । तर, जापानमा बस्ने नेपालीले बिरोध गर्दै अब राजदूतले जापान नफर्किनु जाती भन्ने आसयका पोस्ट सामाजिक संजालमा र जापान स्थित नेपाली मिडियाले समेत समाचार पस्कन थालेका थिए ।

यसैबीच परराष्ट्र मन्त्रालयले समेत कोरोनाको कहर बढेको समयमा जापान फर्किन नसक्ने हो भने विकल्प सोच्नुपर्ने बेला आएको भन्दै कुटनीतिक धम्की दिएपछि राजदूत राणा फर्किन बाध्य भएको परराष्ट्र श्रोतको दावी छ ।

शनिबार जापानले कोरोनाका कारण जापान फर्कन नपाएका आफ्ना नागरिकलाई नेपाल बायुसेवा निगमको विमानमार्फत जापान लैजाँदै छ । यो जापान सरकारले चार्टर्ड गरेको विमान हो । राजदूत राणा पनि सोही विमान मार्फत जापान जान लागेकी हुन् । भोलि बिहान ११ बजेको चार्टर फ्लाइटमार्फत जापान फर्किने जापानीसँगै राणा पनि फर्कदै छन् । डिसी नेपालको कुराकानीमा उनले भनिन्, ‘ पहिले जान खोजेको फ्लाइट नभएकोले रोकिनु परेको थियो ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *