लकडाउन : राहत वितरणका बिर्सन लायक हर्कत

धनकुमार कार्की
२८ चैत २०७६ १३:३३

काठमाडौं। कोरोनाभाइरसबाट पूरै विश्व आक्रान्त भएको बेला त्यसबाट नेपाल अछुतो रहने कुरै भएन। कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले पूरै देश लकडाउन गरेको छ।

लकडाउनका कारण आर्थिक रूपमा विपन्न नागरिक र दिनभर काम गरेर छाक टार्ने वर्गको अवस्था टिठ लाग्दो बनेको छ। लकडाउनको मारमा परेका जनतालाई सरकारले बिपन्न परिवारको छनौट गरी राहत वितरण गर्ने कार्य स्थानीय तहमार्फत धमाधम गरिरहेको छ। बिभिन्न प्यक्ति र संस्थाहरुले पनि राहत वितरण गरिरहेका छन्।

अति विपन्न र दैनिक ज्यालादारी मजदुरलाई राहत वितरण गर्ने कार्य पनि ठाउँ–ठाउँमा भइरहेकै छ। तर, यसरी राहत वितरण गर्दा भइरहेका हर्कत भने बिर्सनलायक देखिन्छ।

पुँजीवाद नआई समाजवाद आउन सक्दैन, नेपाल अझैपनि सामन्तवादबाट माथि उठ्न सकेको छैन। पूरा पूँजीवाद पनि हावी हुन नसक्दा देशभित्र रहेका हुनेखाने र हुँदाखाने वर्गबीचको खाडल देखिएकाले यस्तो भएको हो।

राहत दिँदा सरकारी कर्मचारी, जनप्रतिनिधि वा राजनीतिक दलका नेताले पोज पोजका फोटो लिएर सामाजिक संजालमा पोस्ट गर्ने परिपाटी हास्यास्पद मात्र छैन ‘सोसल डिस्टेन्सिङ’ बनाएर कोरोना रोकथाम गर्नका लागि सरकारले लकडाउन गरेको हो।

तर, कतिपय जनप्रतिनिधि र कर्मचारीले यो कुरा नबुझेको उनीहरूका गतिविधिले प्रस्ट पार्छ। कतिपयले त मास्क नै नलगाइ राहत वितरण गर्दै गरेको तस्वीर पनि आफ्नै फेसबुक अकाउन्टमा पोस्ट गर्ने गरेका छन्।

माथि राखिएको तस्वीर बाग्लुङको काठेखोला गाउँपालिका वडा नम्बर १ मा राहत वितरण गर्दाको हो। १५ परिवारलाई राहत वितरण गर्दा यसरी पोज दिएको फोटो खिचेर फेसबुकमा राखिएको छ।

यो दोस्रो तस्वीर रौतहटको गौर नगरपालिकाको हो। नगरप्रमुख अजय गुप्तासहितका जनप्रतिनिधि र कर्मचारी तस्वीरकै लागि बोरा समाएर बसेका देखिन्छन्। यहाँ सोसल डिस्टेन्सिङको ख्याल गरिएको छैन।

तेस्रो तस्वीर रुपन्देहीको कञ्चन गाउँपालिकाको हो। तस्वीरमा गाउँपालिका अध्यक्ष गोकर्णबहादुर क्षेत्री राहत वितरण गर्दा पोज दिएर फोटो खिचाइरहेका देख्न सकिन्छ।

चौथो तस्वीर चितवनको भरतपुर महानगरपालिकाको हो। वडामा राहत वितरण गर्दैगर्दा मेयर रेणु दाहालसहितका जनप्रतिनिधि र कर्मचारीले विपन्न परिवारका व्यक्तिलाई हातमा नुन, तेलको प्याकेट र चामलको बोरा बोकाएर तस्वीर खिचाएका छन्। र, सामाजिक सञ्जालमा पोस्ट गरेका छन्।

अन्य तसबीरहरु सामाजिक सञ्जालमा भेटिएको हो। तस्वीरमा देखिएको दृश्यबाट यसको अर्थ यो लकडाउन अवधिभित्रकै तस्वीर रहेको अनुमान लगाउन सकिन्छ। जनप्रतिनिधि वा सामाजिक संघसंस्थाका प्रतिनिधिले नै यसरी राहत वितरण गरेको हुनुपर्छ। धेरै कुरा त तस्वीरले नै बोलेको छ ।

वर्गीय समानताको सिद्धान्तमा विश्वास गर्ने पार्टीका जनप्रतिनिधिहरु नै देशभित्र रहेका हुनेखाने र हुँदा खाने वर्गबीचको खाडललाई लिएर सामाजिक संजालमा आफ्नो बौद्धिक दरिद्रताको अंश प्रदर्शन गरिरहेका छन्।

यो विपतको घडीमा हुनेखाने भनिने केही उच्च वर्गहरुले पनि संमयता गुमाइरहेका छन्। सामाजिक सञ्जालमा आफ्नो औकात देखाएर सस्तो प्रचारबाजी गरिरहेका छन्।

दैनिक रेजिरोटिमा पेट पाल्ने परिवारका लागि यो निकै सकसपूर्ण समय हो। समाजसेवीहरु आफ्नो समाजसेवाको विज्ञापनमा उत्तिकै तल्लिन देखिन्छन्।

अनि सुरु हन्छ फोटो सेसन थारै सामग्रीलाई दर्जनौँ मान्छे झुम्मिएर फोटो खिचाएर आनन्द बटुल्छन्। राहत वितरण गर्दा सरल तरिका अपनाउन सकिन्छ। अनावश्यक भिड जम्मा गर्नु आवश्यक हुन्न।

समाजशास्त्रीका अनुसार राहत वितरणको फोटो वा भिडियो पनि एक हिसाबले जायज नै छ। राहत वितरणको कागजी प्रमाणलाई विश्वास गर्न नसक्दा प्रमाण भने हुन्छ।

तर अहिलेको परिपेक्षमा फोटो खिच्नु अपरिहार्य नहोला सामाजिक दूरी कायम गर्दै राहत वितरण गर्नलाई यतिसम्म चटक देखाउन आवश्यक छैन। राहतका नाममा चर्चाको लोभले राम्रो काम गरेपनि हाँसोको पात्र बन्न पुगिन्छ। हाम्रो देशको कम्युनिज्म पूरै समाजवाद उन्मुख छैन।

पुँजीवाद नआई समाजवाद आउन सक्दैन, नेपाल अझैपनि सामन्तवादबाट माथि उठ्न सकेको छैन। पूरा पूँजीवाद पनि हावी हुन नसक्दा देशभित्र रहेका हुनेखाने र हुँदाखाने वर्गबीचको खाडल देखिएकाले यस्तो भएको हो।

राजनीतिकशास्त्री दिपक गजुरेलका अनुसार जसले यो देश चलाउँदै छ कुनै व्यक्तिबादीको कुरा गरेको होइन सबै देश चलाउन असक्षम छन् भन्ने प्रमाणित भएको देखिन्छ। एकातिर मिडियामा राहत बाँडेको धुमधामसँग प्रचार हुन्छ, अर्कातिर हजारौँ मानिस खान नपाएर ३०० किमी पैदल हिँडेर भएपनि सहर छोडेर गइरहेका छन्।

यदि सहरमा संकटमा परेकालाई राहत दिएको भए ती मान्छेहरु तितरबितर हुने थिएनन् होला। यदि प्रहरीलाई खटाएर लकडाउन गरेकै हो भने यत्रा मान्छेहरु किन हिँडिरहेका छन्। जनतालाई थुनेर बन्दी बनाएर राख्न प्रयास गरिएको छ।

तर जनताले टेरेका छैनन्। किनभने भोकै मर्नुभन्दा हिँडेरै मर्नु बेस भनेर हिँडेका छन्। त्यो अहिलेका शासकहरुको नालायकिपनहो। यो सबैले बोकाले दाँइ हुँदैन भन्ने पुष्टि भएको छ।

राजनीतिकशास्त्री गजुरेल अगाडि भन्छन्, ‘कुनै पनि राजनीति दलको भातृ संगठन कहाँ छन्? यस्तो बेलामा उनीहरु खट्नुपर्ने होइन? प्रहरीलाई मात्र खटाउने के प्रहरी चाहिँ नागरिक होइनन्? प्रत्येक टोेलटोलमा भएका सबै राष्ट्रियस्तरका राजनीतिक पार्टीका कार्यकर्ताहरुलाई यतिबेला फिल्डमा खटाउनु पर्ने होइन? एकातिर देश संकटमा अर्कातिर नागरिक दुखमा। अलिले समाजवाद र साम्यवादको कुरा रहेन। भोकै मर्ने कि लुटेर खाने भन्ने स्थिति आउन सक्छ।’

सबै तस्वीर सामाजिक सञ्जालबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *