सरकारी जग्गा बिक्री गर्ने मालपोतका खरिदारसहित १० जनाविरुद्ध मुद्दा दायर

डिसी नेपाल
१४ वैशाख २०८१ १६:१४
596
Shares

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेलसहित १० जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ।

अख्तियारले मालपोत कार्यालय, सोलुखुम्बुका तत्कालीन खरिदार तेजनाथ पौडेल, नापी कार्यालय, सोलुखुम्बुका तत्कालीन अमिन टंक प्रसाद निरौला, सोलुखुम्बुको खुम्बु गाउँपालिकाको वडा नम्बर १ बस्ने बुद्धमाया थापा मगर र उनको नाती रामकृष्ण थापामगर, फुर गेल्जे शेर्पा, ङिम याङजि शेर्पा, ल्हाक्पा दिकि शेर्पा, पेम्बा शेर्पा, ल्हाक्पा गेल्जेन शेर्पा, शर्मिला राई र स्व। मिङमा ल्हमू शेर्पालाई प्रतिवादी बनाएको छ।

अख्तियारले उनीहरुले नक्कली श्रेस्ता खडा गरि सरकारी जग्गा व्यक्तिको नाममा गरेको आरोपमा ६ लाख १८ हजार बिगो दाबि गर्दै मुद्धा दायर गरेको जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *