महिलाको शरीरमा सुँगुरको मृगौला प्रत्यारोपण, राम्रोसँग काम गरिरहेको डाक्टरको भनाइ

डिसी नेपाल
१४ वैशाख २०८१ १६:१६

काठमाडौं । अमेरिकामा एउटा अत्यन्तै महत्वपूर्ण शल्यक्रिया गरिएको छ, जुन चिकित्सा क्षेत्रमा कोसेढुङ्गा साबित हुन सक्छ । वास्तवमा, अमेरिकाको न्यु जर्सीमा सर्जनहरूले एक महिलाको शरीरमा कम्बाइन्ड मुटुको पम्प र सुँगुरको मृगौला प्रत्यारोपण गरेका छन्। कम्बाइन्स मुटुको पम्प र सुँगुरको मिर्गौला मानिसमा प्रत्यारोपण गरिएको यो पहिलो पटक हो ।

यो शल्यक्रिया एनवाइयु लेङ्गोन न्यु जर्सीमा गरिएको थियो। न्यू जर्सी निवासी ५४ वर्षीया लिसा पिसानो हृदयघात र अन्तिम चरणको मृगौला रोगबाट पीडित थिइन्। उनलाई नियमित डायलासिस गर्नुपर्ने थियो । लामो समयदेखि लिसाले मुटु र मृगौला प्रत्यारोपणको प्रयास गरिरहेकी थिइन् तर अमेरिकामा अंग दाताको अभावका कारण उनले अंग पाउन सकेकी थिइनन् ।

शल्यक्रियापछि लिसाले भनिन्, ‘जब मसँग पहिलो पटक यो शल्यक्रियाको बारेमा कुरा भएको थियो, तब मैले पक्कै पनि यो शल्यक्रिया गर्न चाहन्छु भनेकी थिएँ । शल्यक्रियापछि लिसाले आईसीयूमा रहेको आफ्नो ओछ्यानबाट मिडियासँग कुरा गरेकी हुन् ।’

लिसाले सबै प्रकारको उपचारपछि आफू थकित र हारेको बताइन् । त्यसैले जब डाक्टरहरूले उनलाई सुँगुरको मृगौला प्रत्यारोपणको बारेमा भने उनले खुसीसाथ स्वीकार गरिन् । लिसाले थप भनिन्, ‘आशा छ अब मैले आफ्ना नातिनातिनाहरूसँग समय बिताउने र उनीहरूसँग खेल्ने मौका पाउनेछु।’

अमेरिकामा अंग दाताको संख्या भन्दा अंग प्राप्त गर्नेहरूको संख्या धेरै छ। अनुसार अमेरिकामा हरेक दिन १७ जनाको मृत्यु अंगको पर्खाइमा हुने गरेको छ । यहाँ मिर्गौलाको माग सबैभन्दा बढी र आपूर्ति सबैभन्दा कम छ । अंग खरिद तथा प्रत्यारोपण सञ्जालका अनुसार सन् २०२३ मा करिब २७ हजार मिर्गौला प्रत्यारोपण भए पनि ती अंगका लागि ८९ हजार व्यक्ति पर्खाइमा थिए ।

जानकारीका अनुसार गत अप्रिल ४ मा लिसाको शरीरमा मुटुको पम्प प्रत्यारोपण गरिएको थियो भने अप्रिल १२ मा सुँगुरको थाइमस ग्रन्थीसहित जीन एडिट गरिएको सुँगुरको मिर्गौला प्रत्यारोपण गरिएको थियो । संसारमा पहिलो पटक मार्च महिनामा म्यासाचुसेट्स जनरल अस्पतालमा ६२ वर्षीय रिक स्लेम्यानलाई जीवित व्यक्तिमा सुँगुरको मृगौला प्रत्यारोपण गरिएको थियो। जो यसै महिना अस्पतालबाट डिस्चार्ज भएर घर पुगेका छन् । तर, अन्य दुई जनालाई सुँगुरको मृगौला दिइँदा केही हप्तामै तिनीहरूको मृत्यु भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *