नेपालीले भारतमा कोरोना फैलाउन लागेकाे गम्भिर आरोप

डिसी नेपाल
२८ चैत २०७६ १८:५४

काठमाडौं। यतिबेला कोरोना भाइरसले विश्व आक्रान्त बनेको छ । चीनबाट शुरु भएर विश्वभर फैलिएको कोरोनाबाट १६ लाख भन्दा बढी मानिसहरु संक्रमित भएका छन् भने ९७ हजार बढीको मुत्यु भइसकेको छ। छिमेकी मुलुक भारतमापनि कोरोना संक्रमित दिन प्रतिदिन बढिरहेका छन् ।

यही बीचमा नेपालसँग सीमावर्ती भारतको बिहार राज्यको पश्चिम चम्पारण जिल्लाका प्रमुख जिल्ला अधिकारीले एक नेपालीले भारतमा कोरोनाभाइरसको संक्रमण फैलाउने योजना बनाइरहेको भन्दै आफू मातहतका निकायमा निर्देशन जारी गरेका छन् । उनले आफूलाई नेपाल भारत सीमामा तैनाथ सीमा सुरक्षा बलले एक नेपालीले भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाएको भन्दै रिपोर्टिङ गरेको पत्रमा उल्लेख गरेका छन् ।

उक्त सरकारी पत्रमा पर्सा जिल्लाका जालिम मुखिया नामका एक नेपालीले भारतमा कोरोनाभाइरस फैलाउने योजना बनाइरहेको उल्लेख गरिएको छ । पत्रमा मुखियाका साथसाथै नेपालबाट ४० देखि ५० जना कोरोना शंकास्पद भारतीय मुसलमानहरु पनि भारत आउन लागेको सूचना प्राप्त भएको बताइएको छ। यस्तै जालिम मुखिया नेपाल र भारतमा अवैध हतियार तस्करीमा सहभागी भएको पनि आरोप लगाइएको छ ।

भारतमा मुस्लिमहरुको संगठन ‘तबलीगी जमात’को एक धार्मिक कार्यक्रम भएपछि ठूलो संख्यामा संक्रमण फैलिएको छ । यो कार्यक्रमपछि तबलिगी जमातसँग सम्बद्ध व्यक्तिहरु ठूलो संख्यामा संक्रमित पाइएका छन् । यो कार्यक्रममा नेपालबाट पनि मुस्लिमहरु गएका थिए । उनीहरुलाई नेपालमै क्वारेन्टाइनमा राखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *