कुवेतमा एकैदिन थप ५ नेपाली कोरोना संक्रमित

डिसी नेपाल
२९ चैत २०७६ १३:३५

कुवेत । कुवेतमा शुक्रबार एकैदिन थप ५ नेपालीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । यसअघि कुवेतमा ४ जना नेपालीमा कोरोना पोजेटिभ देखिएको थियो । शुक्रबार थप ५ जनामा कोरोनाको संक्रमण पुष्टि भएसँगै संक्रमित नेपालीको संख्या ९ पुगको छ ।

कुवेतको स्वास्थ्यले शुक्रबार सार्वजनिक गरेको तथ्यांकअनुसार अनुसार ५ नेपालीसहित ८३ जना नयाँ संक्रामित फेला परेका हुन् । योसँगै कुवेतमा कोरोना संक्रमित विरामीको संख्या ९ सय ९३ पुगेको छ ।

तीमध्ये १ जनाको ज्यान गएको छ, भने १ सय ३३ जना उपचारपछि पूर्णरुपमा निको भएका छन् । त्यस्तै २६ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *