कोरोनाभइरसबाट ज्यान गुमाउने नेपालीको संख्या १४ पुग्यो
काठमाडाैँ। विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ।
गैरआवासीय नेपाली संघका अध्यक्ष कुमार पन्तको अध्यक्षतामा गठित उच्चस्तरीय समिति अन्तरर्गतको स्वास्थ्य समितिले संकलन गरेको तथ्यांकअनुसार बेलायतमा ८, अमेरिकामा ५, युएईमा १ जनाको ज्यान गएको छ ।
स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार ६ सय ६५ जना गैरआवासीय नेपालीहरु कोरोनाबाट संक्रमित भएका छन् ।
नेपालमा ३ हजार ५ सय २५ जनामा परिक्षण गरिएकोमा १२ जनामा कोरोना संक्रमण देखिएको छ भने १ जना कोरोना मुक्त भएको समितिले जनाएको छ ।
विदेशस्थित नेपाली राजदूतावास, गैरआवासीय नेपाली संघका शाखाहरु तथा स्थानीय संघ संस्थाद्वारा प्राप्त सूचनाका आधारमा सो आँकडा तयार पारिएको डा. सापकोटाले जनाए ।
अमेरिकामा ५ सय, युकेमा १ सय, स्पेनमा १८, युएईमा १०, जर्मनीमा ४, पोर्तुगलमा ८, अष्ट्रेलियामा ९, साउदी अरबमा ४, कुवेतमा ५, जापानमा १, मलेसियामा १, म्यानमारमा १ र हङकंङमा १ जना नेपाली कोरोना संक्रमित रहेको समितिले जनाएको छ ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment